logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

फ्लाेर क्रस गर्नेलाइ मन्त्री उपहार, कुन मन्त्रालयमा काे ? हेर्नुस् [नामसहित]


  • राजनीति
  • शनिबार, बैशाख ४ २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन ।

नेपाली कांग्रेस र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनिए पनि एमालेबाट निस्कासित ३ जना नेताहरु नयाँ मन्त्री बनेका छन । माननीय मुख्यमन्त्रीज्यूले प्रदेश सभाबाट विश्वासको मत लिएपश्चात आज मन्त्रिपरिषद हेरफेर गरेका हुन । नवनियुक्त मन्त्रीज्यूहरूको कार्यविभाजन निम्नवमोजिम रहेको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री – मा. नन्दसिं बुढा
भौतिक पूर्वाधार विकास मन्त्री – मा. अमरबहादुर थापा
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री – मा. कुर्मराज शाही नियुक्त भएका छन ।

प्रमुख सचेतक नेपालीका अनुसार मुख्यमन्त्री शाहीले अबको एक साताभित्र मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी नेताहरुसँग छलफल अगाडि बढाएका छन् । अब कांग्रेस पनि सरकार मा सहभागी हुनेछ ।

‘प्रदेशको सत्ता समीकरण नयाँ ढंगले अघि बढेको छ, मुख्यमन्त्रीज्यू संकटका बेला आफूलाई साथ दिने दल र नेताहरूलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्ने गरी छलफलमा जुट्नु भएको छ,’ प्रमुख सचेतक नेपालीले भनिन् ।

अल्पमतमा परिसकेका मुख्यमन्त्री शाहीलाई अन्तिम समयमा आएर नेपाली कांग्रेस र एमालेको माधव नेपाल समूहका चारजना सांसदले विश्वासको मत दिएका थिए ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट बनाउनका लागि पनि मुख्यमन्त्रीले तत्कालै सरकार पुनर्गठन गर्न आवश्यक रहेको मुख्यमन्त्रीका समन्वय विज्ञ झक्क मल्ल बताउँछन् । ‘मुख्यमन्त्रीज्यू मन्त्रीमण्डल पुनर्गठनको गृहकार्यमा जुटिसक्नु भएको छु,’ समन्वय विज्ञ मल्लले भने ।

कुन मन्त्रालय कसलाई दिने भन्नेबारे छलफल भइरहेको मल्लले बताए । ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार