logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

सकियाे एमाले केन्द्रीय कमिटी बैठक, थप २० जनामाथी कार्वाही


  • राजनीति
  • सोमबार, बैशाख ६ २०७८

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित २० जना नेताहरुसँग अन्तिम स्पष्टीकरण सोध्ने भएको छ । यसअघि कारवाही गरेका नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई एमालेले यसअघि नै कारवाही गरिसकेको छ ।

उनीहरुलाई पनि अझै अन्तिम स्पष्टीकरण दिन समय दिइने भएको छ । सोमवारको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल, रावल, पाण्डे र भुसालसहित २० जनालाई चेतावनीसहित स्पष्टीकरण सोध्न निर्णय गरेको ओली पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

नेपालसहित विभिन्न प्रदेशका सरकारविरुद्ध प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएका नेताहरुलाई अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरबाट चित्त बुझ्दो जवाफ नआए वैशाख १० गते बस्ने केन्द्रीय कमिटी बैठकले कारवाही गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार