विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ जिल्ला अन्तर्गत लमहि नगरको प्रथम भेला सम्पन्न भएको छ।
भेलालाइ सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका संयोजक सन्जय वलिले दलाल पुजीवादी संसदीय ब्यबस्था मजदुर बिरोधी ब्यबस्था भएको जिकिर गर्नुभयो।उहाले मजदुरमारा व्यबस्थाका विरुद्ध बैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्यका साथ एकीकृत जनक्रान्तिको बैचारिक हतियार सहित आफ्नो पार्टी अघि बढेको उद्घोष गर्नुभयो।
कार्यक्रममा नेकपा लमही नगर सेक्रेटरी उज्जवले जनता ठग्ने संसदबादीहरुका विरुद्ध सबै गरि खाने बर्ग एक ठाउमा उभिनुपर्ने बताउनुभयो।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लमही नगर संयोजक जनक केसिको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य द्वोय मधुसुदन,साउनी चौधरी,दलित मुक्ती मोर्चाका क.सन्देश,युवा संगठन नेपाल लमही नगर अध्यक्ष सान्ता मगरको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण राजेन्द्र शर्माले गर्नुभएको थियो।
भेलाले जनक केसिको अध्यक्षतामा १३ सदस्यीय लमही नगर कमिटि चयन गरेको छ।
