logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कहिले छुट्छन् नेकपाका नेता ?

सरकार तीन बुदे सहमति प्रति उदासिन बन्दै !


  • अखिल बिश्वकर्मा
  • शनिबार, बैशाख ११ २०७८

दुइदिन अघि मात्रै विप्लव नेतृत्वको नेकपाकाे केन्द्रीय समितिकाे बैठक सुरु भएको छ । प्रतिबन्ध अनि सरकारसंगकाे तीन बुदे सहमतिपछि बसेकाे उक्त बैठकलाई निकै चासाेकासाथ हेरिएकाे छ । केन्द्रीय स्तरका नेताहरुकाे रिहाइ पछि मात्रै बैठक बस्ने भनिएपनि परिवेश भनेजस्तो हुनसकेन ।   २०७५ चैत्र २८ मा सरकारले प्रतिबन्ध घाेषणा गरे लगत्तै बिप्लव नेतृत्वको नेकपामाथी व्यापक दमन र धरपर्कट भयाे याे बिचमा झन्डै १ दर्जन नेकपाका कार्यकर्ताले ज्यान गुमाए १ जना प्रहरी र १ स्थानीय शिक्षककाे पनि ज्यान गयाे । राजनीतिमा फरक धारकाे नेतृत्व गरेकाे नेकपाले बर्तमान संसदिय  ब्यवस्था प्रति असहमति राख्दै याे पुर्णतः असफल भएका ले बैज्ञानिक समाजबाद अबकाे नेपालकाे लागि उपयुुक्त राज्यव्यवस्था भएको दावी गरिरहेकाे छ ।

प्रतिबन्धका पश्चात् सरकार र नेकपाबिच गत २१ गते तीन बुदे सहमति भयाे । तीन बुदे सहमतिमा विप्लव नेकपा सबै राजनीति मुद्दाहरुलाइ छलफल र सहमतिकाे माध्यमबाट टुंगो लगाउन तयार भयाे भने यता ओली नेतृत्वको सरकार नेकपामाथीकाे प्रतिबन्ध फुकुवा गर्न नेकपाका नेता कार्यकर्ता माथी लगाइएका सम्पुर्ण मुद्दा फिर्ता लिन र राजबन्दीहरुलाइ रिहा गर्न तयार भयाे ।
तीन बुदेमा हस्ताक्षर गर्दै प्रतिबन्ध पछि करिव ५ बर्षकाे भुमिगत जीवन पश्चात् विप्लव खुल्ला भए । राष्ट्रिय सभागृह मा आयाेजित विशेष समारोह मार्फत खुल्ला भएको नेकपा महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त सम्बाेधन गरे ।
सरकारसंग ३ बुदे सहमति गरेकाे नेकपाले भने अझै आफ्ना नेता कार्यकर्तालाई छुटाउन सकेकाे छैन। नेकपा र सरकार बिच राजनीतिक सहमति भएपनि नेकपा भने अहिले कानुनी अल्झनमा फसेकाे छ । नेताहरु छुटाउन सहमति पश्चात् महासचिव विप्लव आफै दुई पटक काठमाडौं आएर प्रधानमन्त्री ओलीलाइ दवाव दिएका छन ।

महासचिव विप्लवले ९ चैतमा बालुवाटार पुगेर बन्दी रिहाइमा ढिलाइ भएको गुनासो गरेका थिए । प्रधानमन्त्री ओलीले पनि बन्दी छाड्ने प्रक्रिया थालिसकेको भन्दै छिट्टै कार्यकर्ताहरू छुट्ने आश्वासन दिएका थिए । यद्यपि, बन्दी रिहाइ प्रक्रिया शुरू नभएपछि ५ वैशाखमा वार्ता टोलीका सदस्यसहित पुगेर विप्लवले ओलीसमक्ष असन्तुष्टि व्यक्त गरेका थिए ।

नेकपाका केन्द्रीय नेताहरु हेमन्त प्रकाश वली, बिरजङ्ग, भरत बम, माइला लामा, आदर्श लगायतका नेताहरु जेलमै हुदा यता पार्टी केन्द्रीय समितिकाे बैठक नै प्रभावित बन्याे । गत मै केन्द्रीय कमिटी बस्ने भनियतापनि नेताहरु नछुटा बस्न सकेकाे थिएन ।

यसरी राजनीति सहमति कार्वान्वयन नहुदा आन्तरिक पंक्तिमा केही निराशा भने अवस्य पैदा भएकाे छ । जनतामा केही प्रश्न उब्जाएको छ । यसबारे सरकार तथा नेकपाका नेताहरु रिहाइकाे लागि प्रक्रिया सुरु भएकाे बताउछन् ।

स्रोतका अनुसार, रिहाइको प्रक्रियामा अलमल हुँदा कार्यकर्ता पंक्तिमा राम्रो सन्देश नगएको विप्लवले प्रधानमन्त्रीसमक्ष भनेका थिए । जवाफमा ओलीले आफूहरू नेता, कार्यकर्ता छाड्ने विषयमा सकारात्मक रहेको र कानूनी जटिलता देखिएको बताएका थिए ।

विप्लवका तर्फबाट बनेको वार्ता टोलीका संयोजकसमेत रहेका प्रकाण्ड भन्छन्, ‘प्रचण्डले १४ वर्षमा पनि आफूमाथि लागेका मुद्दाहरू खारेज गर्न सकेका छैनन्, हामीले डेढ महीनामै कार्यकर्ता छुट्न ढिलो भयो भनेर प्रश्न गर्न मिल्दैन ।’ यद्यपि, प्रक्रिया चाँडै टुंग्याउने गरी सरकारले प्रयास गरिरहेको उनी बताउँछन् ।

काे कहाँ कस्तो अबस्थामा छन त ?

नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश वली सुदर्शन केन्द्रीय कारागार नख्खु छन् । एनसेल प्रकरणमा पक्राउ परेका उनिमाथी बिस्पाेटक तथा ज्यान मुद्दा छ उनीलाई  पुर्पक्षका लागि जेल चलान गरिएकाे हाे ।

नेकपाका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द (वीरजंग) लाई धरौटीमा छाड्न अदालतले आदेश दिएको सात महीना भइसक्यो ।

२२ भदौ २०७७ मा जिल्ला अदालत नवलपरासीले तोकेको रु.२५ हजार धरौटी नबुझाउँदा अहिलेसम्म उनी कारागारमै छन् । यसबीचमा सरकार र उनको पार्टीबीच तीनबुँदे समझदारी पनि भएको छ । प्रतिबन्ध फुकुवा गरेर कैदीबन्दी छाड्ने निर्णय सरकारले गरेको छ ।

केन्द्रीय सदस्यसमेत रहेका महासचिव विप्लवका दाइ चन्द्रबहादुर चाहिं नवलपरासी कारागारबाट सरुवा भएर चितवन कारागारमा बसिरहेका छन् । जिल्ला कारागार, चितवनका जेलर कमलप्रसाद काफ्लेका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि चितवन गएका उनी नवलपरासी फर्किएका छैनन् ।

यस्तै नेकपाका तत्कालीन पाेलिटब्युराे सदस्य भरत बम रणविर अहिले सुन्धारा स्थित केन्द्रीय कारागारमा छन् । उनी गिरफ्तार पश्चात् हातहतियार र बिस्पाेटक मुद्दामा बाके कारागार नेपालगन्ज बर्दिया जिल्ला कारागार हुँदै विप्लव नेकपा र सरकारबिच सहमति कै बिहान केन्द्रीय कारागार सुन्धारा पुगाइयाे । उनलाई काठमाडौं ल्याएपछि धेरैकाे अनुमान थियाे केन्द्रीय स्तरका नेताहरु छुट्ने भएकाले बमलाइ काठमाडौं ल्याइयाे त्याे केवल आकलन मै सिमित रहयाे ।

यस्तै नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन  उपत्यका ब्युरो इञ्चार्ज माइला लामा ‘प्रज्ज्वल’ पनि अदालतले छाड्न आदेश दिएको एक महीनासम्म कारागारमै बसिरहेका छन् । जिल्ला अदालत, संखुवासभाले उनलाई रु.२५ हजार धरौटी तोकेको छ । तर हालसम्म त्यति रकम धरौटी नराखेकोले उनी संखुवासभा कारागारमै छन् ।

प्रहरीले उनलाई ५ साउन २०७६ मा काठमाडौंको काँडाघारीबाट पक्राउ गरेर विभिन्न मुद्दामा जिल्ला–जिल्ला घुमायो । अधिकांशमा धरौटी बुझाएर छाड्न आदेश भयो । ‘पहिले एकपछि अर्को गर्दै पक्राउ गरेर लगिहाल्थ्यो, अहिले सहमतिमा हस्ताक्षर गरिसकेपछि धरौटी तिर्ने कुरा हुँदैन’ लामा पत्नी मनु भन्छिन्, ‘उहाँ कहिले र कसरी छुट्नुहुन्छ भन्ने सरकार वा सम्बन्धित पार्टीले जान्ने कुरा हो ।’

२८ साउन २०७६ मा पक्राउ परेका पार्टीका रुकुम पूर्वका जिल्ला कमिटी सदस्य राजु वि.क. (राप्ती) लाई जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले रु.२ लाख ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । तर, त्यति रकम जम्मा नगर्दा उनी छुट्न सकेका छैनन् ।

अनुसन्धानका लागि हिरासतमा रहेका विप्लवका नेता कार्यकर्ताहरु छुटिसके पनि पुर्पक्षका लागि थुनामा गएका वा कारागारमा बसेका बन्दीहरू चाहिं हालसम्म छुटेका छैनन्

यस्तै  संखुवासभाका  ४८ वर्षीय लेखबहादुर राउत पनि रु.१ लाख ५ हजार धरौटी रकम बुझाउन नसक्दा जिल्ला कारागार संखुवासभामा थुनामा छन् । संगठित अपराध गरेको अभियोगमा २२ भदौ २०७६ मा पक्राउ परेका उनलाई जिल्ला अदालत संखुवासभाले दुई महीनापछि ५ कात्तिकमा धरौटीमा छाड्न आदेश दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, झापाले पाँचथर सेक्रेटरी विजय नेम्वाङलाई १ कात्तिक २०७६ मा पक्राउ गरेको थियो । त्यसको २९ दिनपछि जिल्ला अदालत, झापाले उनलाई विस्फोटक पदार्थ सम्बन्धी कसूरमा रु.१ लाख धरौटीमा रिहा गर्न आदेश दियो । तर, हालसम्म पनि उनी जिल्ला कारागार झापामै छन् ।

नेम्वाङसँगै पक्राउ परेका कविराज चेम्जोङलाई पनि सोही मुद्दामा अदालतले रु.१ लाख धरौटी मागेको थियो । उनले पनि धरौटी बुझाएका छैनन् । विप्लवका पूर्व धनुषा सेक्रेटरी एवं जनकपुर ब्युरो सदस्य रहेका पवनकुमार महतो पनि अहिले जिल्ला कारागार सर्लाहीमा छन् ।

आगजनीको आरोपमा अदालतले महतोलाई ६ मंसीर २०७६ मा रु.२५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर उनी पनि अहिलेसम्म कारागारमै बसेका छन् ।

अखिल नेपाल सुकुम्बासी संघ क्रान्तिकारीका जनकपुर ब्युरो संयोजक लालबहादुर लामा २६ माघ २०७७ मा पक्राउ परेका थिए । आगजनी गरेको कसूरमा उनलाई जिल्ला अदालत, सर्लाहीले रु.२५ हजार धरौटी मागेको थियो । त्यो बुझाउन नसकेर उनी अहिलेसम्म थुनामै छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार