logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाबाट एकैपरिवारका दुई दाजुभाइकाे मृत्यु


  • राजनीति
  • आइतबार, बैशाख १२ २०७८

गत वैशाख ७ गते भारतबाट फर्किएर होम क्वारेन्टिनमै बसेको अवस्थामा डोटीको एक जना युवाको पनि मृत्यु भएको छ। भारतको गुजरातबाट फर्किएका डोटीको दिपायल सिलगढी नगरपालिका १ घटालीका एक युवकको मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल पर्सन तेजविक्रम शाहीले बताए। तर यहाँ परीक्षण नभएकाले आधिकारिक पुस्टि भने नभएको उनको भनाइ छ।

घटालीका ती युवकका दाजुको समेत कोरोनाकै मृत्यु भएको छ। भारतमासँगै काम गरिरहेका ती युवकको आफ्नै दाजुको कोरोना संक्रमणले ३ साताअघि भारतमै मृत्यु भएको थियो। दाजुको मृत्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण वैशाख ७ गते मृत्यु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार