logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

एमालेका १० सासंद निलम्बन, काे काे परे ?


  • राजनीति
  • आइतबार, बैशाख १२ २०७८

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको छ । विहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक स्थायी कमिटी बसेका कारण निर्धारित समयमा बस्न नसकेको हो ।

एमाले स्रोतका अनुसार आकस्मिक रूपमा बोलाइएको आयोजक कमिटी बैठकअघि स्थायी कमिटीमा पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको ठहर गर्दै तत्कालै सांसद पदबाट माधव नेपाललगायत केही नेतालाई निलम्बन गर्नेबारे छलफल भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार स्पष्टीकरण सोधिएका २७ जनामध्ये केहीलाई कारवाही गरिने सम्भावना छ । त्यो संख्या घटीमा सात र बढीमा १० सम्म हुन सक्ने बैठकमा सहभागी एक नेताले बताए । झलनाथ खनाल, माधव नेपाल, भीम रावललगायतका नेताहरूमाथि कारवाही नगर्दा थप क्षति हुने भएकाले सांसद पदबाट निलम्बन गरि संसदका गतिविधिहरूमा भाग लिन नदिने दलको विधानअनुसार अघि बढ्नेबारे छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।                                                                         निलम्बन हुनसक्ने सांसद
१. माधव कुमार नेपाल
२. झलनाथ खनाल
३.भिम रावल
४. सुरेन्द्र पाण्डे
५.घनश्याम भुसाल
६ याेगेश भट्टराई
७. रामकुमारी झाक्री
८. पवित्रा निराैला
९. झपड साउद
१०. मेटमणि चौधरी
११. यज्ञराज सुनुवार
१२. जीवनराम श्रेष्ठ
१३.विरोध खतिवडा
१४. सोमप्रसाद पाण्डे
१५ भवानी खापुङ
१७.नारायण खतिवडा
१७. जयकुमार राई
१८. जयकुमार राई
१९.गणेश पहाडी
२०. दिपकप्रकाश भट्ट
२१. हिराचन्द्र केसी
२२.पुष्पाकुमारी कर्ण कायस्थ
२३.कल्याणी खड्का
२४. लक्ष्मीकुमारी चौधरी
२५.सरलाकुमारी यादव
२६. कृष्णलाल महर्जन
२७ .नीरादेवी जैरु
२८.मुकुन्द नेउपाने

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार