logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

१६ गतेबाट काठमाडौंमा कर्फ्यु


  • राजनीति
  • सोमबार, बैशाख १३ २०७८

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।

एक अधिकारीले भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागू गर्ने प्रस्तावबारे छलफल भइरहेको छ । के–के बन्द र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिन्छ ।’

सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागू गर्न सुझाव दिएको थियो ।

संयुक्त बैठकअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार