logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

विद्यालयकाे लापरबाहीका कारण विद्यार्थीकाे शैक्षिक भविष्य अन्याेलमा

परिक्षा शुल्क बिना नै प्रवेश पत्र जारी


  • मुक्ति गैरे,काठमाडौं
  • बिहिबार, बैशाख १६ २०७८

राष्ट्रिय परिक्षा बाेड क्षेत्रीय कार्यलय,वुटवलमा २०७७ मा पुरक परिक्षार्थिकाे परिक्षा शुल्क बिना नै प्रवेश पत्र जारी गरिएको भेटिएको छ । पाल्पा माथगढि गाउँ पालिका वडा नम्बर चारमा रहेको किसान माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी सृजना काम्मु मगरकाे रजिस्ट्रार नम्बर 754712066 तथा सिम्बाेल नम्बर 44700044 रहेको प्रवेश पत्र हेर्दा सिष्टम सुचिकृतमा नै भेटिएको छैन् । उनी लगायत मुना सारु,अम्बिका रानाकाे यस्तो भेटिएको छ । याे रजिस्ट्रार नम्बर र सिम्बाेल नम्बर बिना नै परिक्षा प्रवेश पत्र कसरी जारी भयो ? भनेर शाखा अधिकृत बाबुराम भण्डारीलाई साेध्दा “मँ नै अचम्म परे प्रवेश शुल्क बुझाए पछि सुचिकृत हुन्छ सुचिकृत भए पछि मात्रै परिक्षा प्रवेश पत्र यश कार्यलयकाे सनाखत र छाँप सहित उपलब्ध हुनुपर्ने हाे तर याे बारेमा के भएको हाे” यस बिषयमा कुरा गर्न पाल्पा शाखा हेर्ने अधिकृत तारा पाण्डेलाई बुझ्न अाग्रह गरे । उक्त बिषयमा के हाे ? त भनेर साेध्दा तारा पाण्डे पाल्पा शाखा अधिकृतले “विद्यालयले समयावधि भन्दा पछाडि शुल्क बुझाउनु पर्ने दाेब्बर दस्तुर नबुझाएकाे कारणले याे भएको हुन सक्ने बताए । त्यसाे भए प्रवेश पत्र किन जारी भयो भन्दा हामी अनुसन्धानको क्रम मै छम् हाकिम साव घरायसी विवाहका कारणले बाहिर हुनुहुन्छ उहाँ अाए पछि अाधिकारिक धारणा बताउने” कुराकाे जानकारी दिईन् ।

यहीँ बिषयमा उक्त विद्यालयका प्रधानाध्यापक तुला बहादुरलाई पाँचौ पटक सम्म फाेन हान्दा फाेन उठ्न सकेन् लगत्तै सहप्राध्यापक प्रेमबहादुर बारघरेलाई दाेस्राे पटक फाेन हान्दा उठेन् । उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर दर्लामि फाेन गर्दा “म पनि याे कुरा सुनेको छु तर प्रधानाध्यापकलाई भेटेको छैन् भेटेर म राष्ट्रिय परिक्षा बाेड मै बुझ्न जाने तयारी गर्दै छम् ।” भनेर फाेन काटे ।
फेरि उक्त बिषयमा हामीलाई सहप्राध्यापक प्रेम बहादुर सारुलाई फाेन गर्दा याे बिषय के हाे सर ? के विद्यालयले शुल्क बुझाई दिएन् वा विद्यार्थीहरुले शुल्क बुझाएन् त भन्दा – “हाेईन् विद्यार्थीले शुल्क बुझाएका छन् समयावधि पछिकाे सहित दाेब्बर दस्तुर पनि दिएका छन् म विद्यार्थीहरुका फम संगै लिएर राष्ट्रिय परिक्षा बाेड,क्षेत्रीय कार्यलय वुटवल गएर उक्त अफिसकाे एकाउन्ट नम्बर उक्त शुल्क बुझाउन गएको थिए तर मलाई विद्यालयले जति बुझाउन भन्यो म त्यति हाले भनेर जवाफ दिए” यस विषयमा प्रधानाध्यापक फाेन हान्दा याे न्युज प्रकाशित हुन भन्दा अगाडि सम्म फाेन उठेको छैन् ।
हामीले पिडित पक्षलाई फाेन सम्पर्क गर्दा हामीले शुल्क पनि बुझाएका छाैं,परिक्षा दिएर हाजिरि पनि गरेका छाैं,हामी संग प्रवेश पत्र पनि छ तर परिक्षाफल प्रकाशित हुँदा नत पास नत फेल भएको मार्गसिट नै अायाे अरु सबैको अायाे तर हाम्रो अाएन् हामी याे के भएको भनेर सरहरुलाई बुझ्दा परिक्षा प्रवेश शुल्क नबुझाएकाे कारणले यस्तो भएको हाे भनेर भन्नुभयो । प्रधानाध्यापकले सहप्राध्यापकलाई सहप्राध्यापकले प्रधानाध्यापकलाई अाराेप लगाउने गर्नु भएको छ । “सहप्राध्यापक प्रेमबहादुर बारघरेले “अहिले यस बिषयमा हल्ला नगराैं तपाईंहरुलाई अर्को पालि परिक्षा दिने बाताबरण मिलाउछाैं” भन्ने गरेको समेत बताए । पिडित बिद्यार्थीले “यसाे भए हाम्रो समयका विषयमा र मानसिक तनावका बिषयमा काे जिम्मेवार हुन्छ त ? हाम्रो भविष्यलाई अन्याेल बनाउन मिल्छ तँ ? भनेर प्रति प्रश्न गरेका छन् ।
यस विषयमा स्थानीय अभिभावक संग बुझ्दा यस विद्यालयले कयौंपटक कसैको नाम,कसैको जन्म मिति,कसैलाई मानसिक एवम् शारीरिक यातना दिने गरेको बताउछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार