logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

युवा संगठन,नवलपुरको दोस्रो जिल्ला सम्मेलन सम्पन्न


  • मुक्ति गैरे,काठमाडौं
  • बिहिबार, बैशाख १६ २०७८

युवा संगठन,नवलपुरको दोस्रो सम्मेलन अाज सम्पन्न भएको छ । अाज उक्त सम्मेलनले अध्यक्षमा अविनासलाई चयन गरेको छ । साथै सम्मेलनले १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि युवा संगठन नेपालका महासचिव सागर रहनु भएको थियो । अतिथिहरु नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्ला ईन्चार्ज ध्रुव,नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला ईन्चार्ज प्रविण,नेपाल कम्युनिस्ट पार्टीका पाल्पा सेक्रेटरी प्रभात,नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्ला विस्वास,युवा संघ नेपाल लुम्बिनी ब्युरो संयाेजक विश्लेषण,अखिल(क्रान्तिकारी)अर्घाखाँची जिल्ला ईन्चार्ज नवीन लगायतकाे सहभागी रहेको थियो । कार्यक्रम संचालन प्रमोद बिक गर्नु भएको थियोे भने उक्त भेफाकाे अध्यक्षता अविनासले गर्नु भएको थियो सम्मेलनका झलकहरु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार