logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

निषेधाज्ञामा अत्यावश्यक काममा हिड्नेलाइ पास नचाहिने, हेर्नुस् [सुचिसहित]


  • राजनीति
  • बिहिबार, बैशाख १६ २०७८

निषेधाज्ञाको समयमा अत्यावश्यक काममा निस्कनेलाई पास नचाहिने भएको छ। बिहीबार सूचना सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो जानकारी गराएको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले सूचना निकालेर अत्यावश्यक कामका लागि पास आवश्यक नपर्ने जानकारी गराएकी हुन्।

सूचना अनुसार अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधन, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी र सार्वजनिक संस्थान, विमानस्थल पुग्ने र फर्किने यात्रुलाई सवारी पास आवश्यक पर्ने छैन।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि उपत्यकामा सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।

सूचनामा अब मृत्यु संस्कार र अत्यन्त जरुरी बाहेक अन्य सवारी साधनले कार्यालयबाट पास नपाउने उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार