logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

नेकपा लमजुङ काेराेना सचेतना साथ जनसम्बन्ध सुदृढ अभियानमा


  • मुक्ति गैरे,काठमाडौं
  • बिहिबार, बैशाख १६ २०७८

नेपाल कम्युनिस्ट पार्टी लमजुङले बेशिशहर नगरमा आफ्नो पार्टी र कोरोना सचेतनाका नाराहरु भित्तेलेखन कार्यक्रम सम्पन्न गरेको छ । उक्त पार्टीको छ महिने अभियान जनसम्बन्ध सुदृढ तथा विस्तार अभियान अहिले देशै भरि चलिरहेको छ । यस अभियानमा प्रत्यक्ष जनताको बिचमा पुगेर जनश्रमदान गर्ने,पार्टी संगठन एवम् विस्तार गर्ने,भएका संगठनहरुलाई भेला सम्मेलन मार्फत सुदृढ गर्ने,पार्टीको राजनीतिक एवम् वैचारिक नाराहरु भित्तेलेखन तथा प्रचारप्रसार गर्ने,जनताहरुकाे उद्दार एवम् राहत कार्यक्रम संचालन गर्ने रहेको छ । यहीँ कार्यक्रम अहिले नेपाल कम्युनिस्ट पार्टी र उस निकटका सर्मथित माेर्चाहरुले संचालन गरिरहेका छन् । यस्तै बेसिशहरमा भित्तेलेखन तथा प्रचारप्रसार गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टीका अभियान टाेलिलाई लमजुङ जिल्ला प्रहरी कार्यलयका डिएसपि गङ्गा थापाले निर्देशन दिएर नारा लेख्नलाई अवरुद्ध समेत गरेको बुझिएको छ त्यहाँ केही समय वादविवाद पनि भएको छ । लगत्तै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज अाक्राेसकाे टाेलि पुगि जिल्ला प्रशासन कार्यलयका सिडियाे संग संवाद गरि उक्त समस्यालाई समाधान गरि अभियान पुनःह साेहि ठाउँबाट सुचारू गरिएकाे जिल्ला ईन्चार्ज अाक्राेसले बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार