राजनीति
चिकित्सा क्षेत्रको सुधारका लागि भन्दै अनशनरत डा गोविन्द केसी काठमाडौँ आउन तयार भएका छन् । अनसन स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा प्रहरीले बल प्रयोग गरी उनका समर्थक कुटिए र गोली समेत चलेपछी डा केसी काठमाडौँ आउन तयार भएको बताइएको छ । केसि निकै दुखी हुँदै यो निर्णय गरेको बताएका छ्न ।
प्रहरीले समर्थकहरुमाथि अश्रग्यास र लाठी प्रहार गर्न थालेपछि डा. केसीले आफ्ना समर्थकहरुलाई कुटेर हेर्न नसक्ने बरु काठमाडौँमा जान तयार भएको बताए । उपचारमा संलग्न डा. विषद दाहालका अनुसार केसीले ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु’ भने ।
प्रहरीले डा. केसीका समर्थकमाथि लाठीचार्ज गर्दा दर्जन समर्थक तथा विद्यार्थी घाइते भएका छन् । केही बिर अनसन स्थल रणमैदानमा परिणत भएपनि डा. केसी काठमाडौं आउन तयार भएपछि अहिले शान्त भएको बताइएको छ ।