logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

राष्ट्रिय दलित पत्रकार संघ,अर्घाखाँचीको भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न


  • मुक्ति गैरे,काठमाडौं
  • शुक्रबार, बैशाख १७ २०७८

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्य समिति अर्घाखाँचीको भित्ते पात्रो बिमोचन कार्यक्रम भएको छ ।
नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले भित्ते पात्रो एक कार्यक्रमका बिच आज सन्धिखर्कमा विमोचन गर्नु भएको हो ।
प्रमुख भुसालले मन्तव्य राख्दै समाज रुपान्तरणमा पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेको भन्दै आवाज बिहिन हरुको आवाजलाई सधै बाहिर ल्याउन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार विक, जिल्ला न्यायधिस बासुदेव न्यौपाने, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा अध्यक्ष प्रितमबहादुर थापा, नगरपालिकाका अधिकृत छैठौ जिवनारायण आचार्य, न्यायिक समितका सदस्य आशा परियार, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष अशोक खनाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्य समिति अर्घाखाँचीका अध्यक्ष सागर परियारको अध्यक्षता र सचिव आयन विकको सञ्चालनमा सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार