नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु तथा प्रभावशाली नेता चन्द्रबहादुर चन्द ‘विरजंग’ शुक्रवार जिल्ला कारागार चितवनबाट छुट्नु भएको छ ।
विरजंगले २५ हजार रुपैयाँ धरौटी बुझाएर छुट्नु भएको चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिएका छन् । जिल्ला अदालत नवलपरासीले रिहा गर्ने आदेश दिएपछि उहाँ रिहा भएका हुनु भएको हाे । विरजंग २०७७ असोज २८ गतेदेखि चितवन कारागारमा रहदै अाउनु भएको थियाे । नेकपा र सरकारबीच शान्तिपूर्ण राजनीतिमा आउने र नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका थुप्रै नेता कार्यकर्ताहरु यसअघि नै रिहा भई सक्नु भएको छ भने कतिपय अझै पुर्वपक्षका लागि कारागार चलान हुनु भएको छ स्थायी कमिटी सदस्य सुर्दर्शन र पाेलिट ब्युरो सदस्य भरत बम अझै बाँकी हुनु हुन्छ ।
जेलर काफ्लेका अनुसार विरजंग बम विस्फोटको मुद्दामा कारागार चलान भएकाे थियो । वीरजंगको घाँटी र पेटमा समस्या आएपछि उपचारका लागि चितवन कारागार ल्याइएको थियो ।