logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

मानव समाज र प्राकृतिक प्रकोप


  • दाना केसि
  • शुक्रबार, बैशाख १७ २०७८

मानव जातिले याे धर्तीमा प्रवेश गरेपछि अनेक उताडचढाब व्यहोर्नु पर्दछ । अचम्मको छ संसार ! लाखौ वर्ष अघिका मानवको इतिहास र आजको मनवहरुको वर्तमानमा आकाश–पातलको पृथकता पाईन्छ । ढुङ्गे र बाँदरे युगका मानव र अहिले यो बैज्ञानिक युगका मानबहरुले सामना गरेको समयमा त्यति नै फरक भेटिन्छ । परिस्थिति,खानपान देखि लिएर हावापानी,रहनसहन,सँस्कृति आदि ईत्यादिका कुराहरु मानवजातिले समयानुकुल भोग्दै आएको छ । मानव जातिको क्षमता र विवेकमा जति–जति विकास भयो त्यति–त्यति विनास पनि हुदैगएको पाईन्छ । विश्व मानविय विकास र विनासको गतिमा फस्दै उस्कदै गर्ने एक प्रक्रियागत द्वन्द रहेछ ।
दिनप्रति दिन यो संसार तड्पीरहेको छ, मानवजातिहरु छटपटाईरहेकाछन् । ओखतिमुलो नै नभएको रोगले ग्रसित विश्व अहिले डगमागाईरहेको छ । विश्लेषण गर्ने शैली विद्वानहरुको आ–आफ्नै छ । २÷३ प्रकारका अयखष्म(ज्ञढ (कोरोना) विरुद्धका (खोप) ईन्जेक्सनहरुको विकास भएर पनि खासै प्रभावकारी भएको पाइएन । वर्षौ वित्यो प्रतिशतमा तलमाथि भएको होला तर मानव क्षती भईरहेको छ । अझ भन्नु पर्दा हाम्रा जस्ता गरिब देश भन्दा पनि विकसित कहलिने देशहरु झन प्रताडित छन् यो रोग बाट जसको नाम हो अयखष्म(ज्ञढ (कोरोना) ! यसलाई कोरोना नामले चिनेको वर्षौ भयो । यो रोग खासगरी चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको थियो । यसले त्यो ठाउँमा मानवको ठूलो क्षेति ग¥यो । त्यसका पछि–पछि अमेरीकामा पनि त्यति कै क्षति हुन पुग्यो, त्यसको प्रभाव सबै राष्ट्रहरुमा भएको छ र अहिले पनि दिनप्रतिदिन यसले मानव नास गर्दैछ । देशको हरेक क्षेत्रमा यसको प्रभावले विकसको ठाउँमा विनास भईरहेको छ । यसले विकसका पूर्वाधारहरुमा ठूलो अखडा जमाएको छ ।
अयखष्म(ज्ञढ (कोरोना)ले विश्व त थर्कायो नै तर नेपाल जस्तो गरिब र परनिर्भर राष्ट्रमा यसले ठूलो प्रभाव पारेको छ । गत साल २०७७ चैत्र १० गते देखि बन्द भएको देश (ीयअपमयधल), आर्थिक वर्षको मध्यतिर खुलेको हो । अहिले आएर फेरी विश्व (ीयअपमयधल) बन्द भैसक्यो । सबै तिर अस्तव्यस्तको अवस्थामा रहेको विश्वका जनहरु अहिले नतमस्तक भएर कोरोनाको आहारा बनिरहेको अवस्था छ । छिमेकी राष्ट्र भारतमा दिनप्रतिदिन यो रोगले मानब क्षति गरिरहेकोछ, अस्पतालहरुमा विरामी राख्ने ठाउँ नपाएर मान्छे रोडमा मरिरहेकोछ । अयखष्म(ज्ञढ (कोरोना)ले यति धेरै पेलेको अवस्थामा अब देशले के गर्ने भन्ने कुरामा बहुत ख्याल गर्नुपर्ने छ । किनकी हरेक ठाउँबाट बन्द नै बन्द गर्दा उचित कि यसलाई थोरै बैकल्पीक उपाय अपनाउदा उचित भन्ने कुरामा सोच्नु पर्ने अवस्था हो यो । यहा “हुँदा खाने र हुने खानेको अवस्था” हेर्नु पर्ने छ । भर्खर–भर्खर निमार्ण भएको परिक्षणकालमा रहेको अयखष्म(ज्ञढ (कोरोना) विरुद्धको खोप हुने खानेले दुई पटक लगाई सके तर हुँदा खानेहरुले एक पटक पनि लागाउन पाएकाछैनन् । मानवले मानवलाई गरेको विभेद नै हो । दोश्रो भेरियन्स रोग अझ बलियो भएर आईसक्यो तर आधर क्षेत्रका जनतासमक्ष यो खोप आई पुगेको छैन । खोप लगाए पछि केहि हुन्द भन्ने मान्यता राख्ने व्यक्तिले खोप लगाउन नै नपाई मर्नु पर्ने हो कि भन्ने चिन्ताले पोलेको छ । यसको जस वा अपजस सबै कुराको जिम्मा पहिलो नम्वरमा त सरकारले नै लिनु पर्दछ । धुलो,धुवा, भिडभाडमा नगै नहुने भनेको श्रमजीवीहरुलाई हो । खोपाको आवश्यता विशेष गरेर उनीहरुलाई नै रहेको छ । दिनभरी श्रम–मजदुर गरेर खानेहरुलाई सरकारले विशेष ख्याल गर्नु पर्दछ । यतिबेला कुनै किसिमको राजनीतिक अहमताका कार्यक्रमहरु गरेर देशको यो प्रकोप हटेर जाने होईन । त्यसकारण यो समय विक्रितिका राजनीति गर्ने भन्दा जनताको सेवा गर्ने समय हो । यसकालागि सरोकारवाला सबैको जिम्मेवारी हुन जान्छ ।
विश्व हैरानीको अवस्थामा भैरहेको बेला नेपाल पनि रोईरहेको छ । यहाँका मानिसहरुले पनि ज्यान गुमाईरहेकाछन् । हामीले हाम्रै घरभित्रका सदस्यहरुको सक्रमण र मृत्यु पछि मात्र सोक मान्ने कि अग्रिम साझा सजगता अपनाउने भन्नेमा ख्याल गर्नु पर्दछ । यसकारण सबै सरोकारवालहरुले देश बचाउनकोलागि आन्तरिक रुपमा बन्द गर्नु भन्दा छिमेकी मुलुकहरुसँगको सिमा क्षेत्र पूर्ण रुपमा बन्द गर्दा सुनमा सुगन्ध हुने थियो । यो गरेको पाइएको छैन । छपक्क जुन देशको मान्छे जहाँ रहेको छ, त्यहि देशमा रहने व्यवस्था मिलाए उचित हुने हो । छिमेकी राष्ट्र भारतमा मानव बिचल्लीले दिनदहाडै बेचैन मच्चाएकोछ । यो क्रुर, अदृष्यि दुश्मन हो यसको सामना जुटेर होईन फुटेर गर्नु पर्दछ भनेर अहिले सम्पूर्ण विद्यालयहरु पनि बन्द भैसके । नजिकै आईरहेको वार्षिक परीक्षा पनि फेरी रोकिएको छ । यो कति समय पछि जाने हो । गतसालकोे क्षैक्षिक क्षेत्रमा लागेको घाटाले परीक्षा पछाडी धकेलिएको थियो । फेरी पनि चिन्ताको विषय बनाएको छ । अन्तिममा मानवले खाना खानु पर्दछ, मानवजातिलाई श्रम गर्नु पर्दछ । श्रम गरेर खाने वातावरणलाई विकल्पमा राखे पछि उचित हुने हुरामा नेपाल सरकार र सरोकारवाला सबैले यसलाई मध्यनजर गर्नु पर्दछ । अनवश्यक भिडभाड नगरी सामाजिक दुरी कायम गरी आतङ्कित कति पनि नभई मनोवल उच्च बनाई व्यक्तिगत काम कार्यलाई निरन्तरता दिदा उचित हुने देखिन्छ । किनकी सबै कुराको समाधान(ीयअपमयधल) बन्द होईन । छिमेकी मुलुकसँग जोडिएको सिमा क्षेत्र नै विशेष ख्याल गर्ने स्थान भएकोले सरकारको नजर एक चोटी त्यता तिर जानै पर्दछ । यो मात्रै आफू बाच्ने र अरुलाई पनि बचाउने मुख्य एउटा उपाय हुनेछ ।

देशका सम्पूर्ण मिडिया कर्मी, समाजसेवी लगायत सरोकारवालहरुले अहिले आईरहेको दोश्रो भेरियन्स अयखष्म(ज्ञढ (कोरोना) र यसबाट बच्नकोलागि आधारक्षेत्रका मानवलाई गर्नु पर्ने दायित्व प्रतिको बोधलाई ख्याल गरे पछि हाम्रो नेपाल क्षति हुनुबाट बच्न सकिने देखिन्छ । ठूलाबडाको अभाव, समस्या देखि लिएर हरेक प्रकारका कार्यकलापका विषयमा कलम चलाउने हामी मिडिया कर्मीहरुले यो दोश्रो प्रकारको भेरियन्स अयखष्म(ज्ञढ (कोरोना)ले गरेका मानव क्षति र यसबाट बच्चकोालागि आगामी दिनमा अपनाउने बैकल्पीक उपायलाई जनताकाहरुको ठाउमा रहेर बहस गर्दा उचित देखिन्छ । यो नै मानव प्रतिको सेवा हुनेछ । धन्यवाद !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार