logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बहुमतमा उपेन्द्र, बाबुराम कता ? यस्ताे छ सजपामा जाेडघटाउ


  • राजनीति
  • शनिबार, बैशाख १८ २०७८

जनता समाजवादी पार्टी फुटको संघारमा पुग्दा सांसद देखि केन्द्रीय कार्यकारिणी समितिमा को कता भन्ने चासो बढेको छ । राजनीतिक दलसम्बन्धी व्यवस्थामा पार्टी विभाजनका लागि संसदीय दल र केन्द्रीय कार्यसमितिमा कम्तिमा ४० प्रतिशत पुग्नुपर्छ । अहिले जसपाको दुवै पक्षमा संसदीय दल र केन्द्रीय कार्यसमितिमा ४० प्रतिशत पुग्छ ।

जसपाको ५१ सदस्यीय कार्यकारिणीमा रेशम चौधरी कारागारमा छन् । बाँकी ५० जनामा २६ जना उपेन्द्र यादव र बाबुराम भट्टराईको पक्षमा छन् । महन्थ ठाकुरको पक्षमा २१ जना मात्र देखिएका छन् । ३ जना तटस्थ छन् ।

जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्ष र विपक्षमा धाँजा फाटेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आतुर छन् ।

अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अविश्वासको प्रस्तावको विपक्षमा उभिएका छन् । उनीहरु ओलीसँग मिलेर सरकारमा जान खोजिरहेका छन् । यसले दुई पक्षबीच टकराव बढेको छ ।

लुम्बिनी प्रदेशमा ओली पक्षीय मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय उल्लंघन गरेर मन्त्रीको सपथ खाएका ४ सांसद पदमुक्त गरिएका छन् । कार्यकारिणी समितिले निर्णय गरेर पदमुक्तको निर्णय गरिएको हस्ताक्षर लुम्बिनी प्रदेशसभामा पुगेपछि ४ जनाको सांसद पद खारेज भएको छ । त्यसविरुद्ध अध्यक्ष महन्थ ठाकुरले पत्र लेखी कार्यकारिणी समितिको बैठक नै नबसेको जिकिर गरेका छन् ।

कार्यकारिणमा को कता

उपेन्द्र-बाबुराम पक्षधर

डा. बाबुराम भट्टराई
उपेन्द्र यादव
अशोककुमार राई
महेन्द्र राय यादव
राजेन्द्र प्रसाद श्रेष्ठ
नवराज सुवेदी
युवराज कार्की
रकम चेम्जोङ
रेणुकुमारी यादव
लालबाबु राउत
हिसिला यमी
गंगानारायण श्रेष्ठ
रनध्वज लिम्बु
राम सहाय प्रसाद यादव
डम्मर बल्लभ खतिवडा
दान बहादुर विश्वकर्मा
प्रकाश अधिकारी
मोहम्मद ईस्तियाक राई
दुर्गा सोव
परशुराम बस्नेत
प्रशान्त सिंह
भक्तबहादुर शाह
सुशीला श्रेष्ठ
विजयकुमार यादव

महन्थ-राजेन्द्र पक्षधर

महन्थ ठाकुर
राजेन्द्र महतो
शरत्सिंह भण्डारी
अनिलकुमार झा
राजकिशोर यादव
सर्वेन्द्रनाथ शुक्ल
वृषेश चन्द्र लाल
गोविन्द चौधरी
जीतेन्द्र प्रसाद सोनार
उमाकान्त झा
चन्दा चौधरी
लक्ष्मणलाल कर्ण
मृगेन्द्र कुमार सिंह यादव
नवल किशोर साह
मनिष कुमार सुमन
अमृता अग्रहरी
रेशमलाल चौधरी
राम नरेश राय यादव
केशव कुमार झा
अकवाल अहमद शाह
निर्जला राउत
सुनिल कुमार झा

तटस्थ

राजकुमार लेखी
परशुराम खापुङ्ग
हेमराज राई

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार