चुनौतिमुलक जिम्मेवारीलाई सामान्य रुपमा सोच्ने सरकारी गैरजिम्मेवारीको सिमा नाघेको अर्को तथ्य हामिले संकलन गर्यौं । जुन निकै संबेदनसिल र चिन्ताजनक छ । साथै वैज्ञानिक समाजबाद स्थापनाको कार्यदिशामा अविरल अघि बढिरहेको छाैं अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाइ मज्दुर संघले एक विज्ञप्ति जारी गरि अाफ्नाे धारणा सार्वजनिक गरेको छ । अध्यक्ष रामचन्द्र थापाद्दारा गरिएको केन्द्रीय समितिकाे यस्तो छ “अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाइ मज्दुर संघ
केन्द्रीय समिती
स्वास्थ्य तथा सरसफाइ श्रमिकहरुको क्षेत्रमा कृयाशिल लोकप्रिय ट्रेड युनियन संगठन,अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाइ श्रमिक संघ स्वाश्थ्य तथा सरसफाइ क्षेत्र श्रमिकहरु माथी भईरहेका सबैखाले शोषण ,उत्पिडनको बिरुद्ध शशक्त रहेको ब्यहोरा अवगत छ।
-गैरन्यायिक हायर एण्ड फायर,करार-ज्यालादारी रोजगारी र श्रमशोषण बिरुद्ध सम्झौताहिन रुपमा संघर्षरत हाम्रो संगठन बैज्ञानिक समाजबाद स्थापनाको कार्यदिशामा अविरल अघि बढिरहेको छ।
संगठन यतिबेला स्वाश्थ्य र सरसफाइ क्षेत्रमा कार्यरत सम्पुर्ण श्रमिक मित्रहरुसँग आफ्नो हक अधिकार ,न्यायपुर्ण संघर्ष र समानताको युगिन एजेण्डामा ध्यान दिन र श्रमिक हितबिरोधी दलाल संशदिय ब्यवस्थाको अन्त्यसहित श्रमिकमैत्री ब्यवस्था बैज्ञानिक समाजबाद स्थापनामा जोड दिई अघि बढ्न हार्दिक अपिल गर्दछ ।
हामिले यो बिचमा ऐतिहासिक ,१३२ औं मे दिवस मनायौं,प्राणघातक कोरोना महामारिको बिचमा श्रमिकहरुको बिचमा हाम्रा आवाज बुलन्द गर्यौं र बिश्वमा झण्डै २५ करोडको संख्यामा भएको अकल्पनिय रोजगार कटौती र तत्पश्चात उत्पन्न परिस्थितिलाइ नियाल्यौं,स्वाश्थ्य सतर्कता र सावधानिका साथ मात्र हामी अघि बढ्न सक्ने र ब्यक्त पर्तिबद्धता बमोजिम ठोस केही गर्न सक्ने परिस्थिती हाम्रो बिचमा बिद्यमान रहेको छ,जुन सोचनिय देखिन्छ ।
कोभिडको प्रत्यक्ष मारमा जनताको सेवामा खटिएका स्वास्थ्य श्रमिकहरु,विशेषज्ञ र डक्टर तथा नर्शहरु,सरसफाइ श्रमिकहरु आफ्नो पेशागत दावित्व र निशर्त मानवसेवामा सेवारत पायौं,जुन सामान्य चुनौतिको तहमा देखिन्न् ।
सामान्य पारिश्रमिक ,जोखिमी कार्यक्षेत्र र चुनौतिमुलक जिम्मेवारीलाई सामान्य रुपमा सोच्ने सरकारी गैरजिम्मेवारीको सिमा नाघेको अर्को तथ्य हामिले संकलन गर्यौं । जुन निकै संबेदनसिल र चिन्ताजनक छ ।
अध्यक्ष
रामचन्द्र थापामगर”