logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

एकाएक प्रचण्ड माधव किन पुगे उपेन्द्र निवास ?


  • राजनीति
  • बुधबार, बैशाख २२ २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका नेता माधव कुमार नेपाल छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले वैशाख २७ गते संसदमा लिने विश्वासमतलाई कसरी असफल बनाउने विषयमा रणनीति बनाउन उनीहरुको बीचमा छलफल भइरहेको जसपा नेपाल स्रोतले जनाएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ओलीको वहिर्गमनको पक्षमा रहेका छन् भने सोही पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर ओलीलाई प्रधानमन्त्रीको रुपमा निरन्तरता दिने पक्षमा छन् । तर, जसपा नेपालमा महन्थ ठाकुर अल्पमतमा रहेका छन् ।

​माओवादी केन्द्रले बुधबार नै प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेका माधव कुमार नेपाल पक्षले भने प्रधानमन्त्री ओलीको विश्वासमतमा के गर्ने भनि आधिकारिक निर्णय गर्न सकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार