logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बिष्णु पाैडेलले गरे नेपालका तीन नेतासँग अर्थपुर्ण भेट


  • राजनीति
  • बिहिबार, बैशाख २३ २०७८

नेकपा एमालेको दोस्रो तहका नेताको सम्वादले तीव्रता पाएको छ ।

बिहीबार मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेका विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरुसँग भेटवार्ता गरेका हुन् । अर्थमन्त्री समेत रहेका पौडेलले सुरुमा योगेश भट्टराईलाई भेटेका थिए ।

लगतै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गरे । तीन नेताबीच करिव आधा घण्टा कुराकानी भएको थियो ।

यसअघि बुधबार महासचिव ईश्वर पोखरेल र योगेश भट्टराईबीच भेटवार्ता भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार