राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले माधव नेपाल पक्षधर सांसदहरु आफूहरुको पक्षमा आउने दाबी गरेका छन् । उनले पछिल्लो समय नेता नेपाल पक्षधर सांसदहरुसँग आफूहरुले सम्वाद गरिरहेको र धेरै सांसद प्रधानमन्त्री ओलीकै पक्षमा आईसकेको दाबी गरे ।
डा. भट्टराईले भने,‘अब माधव नेपाल पक्षधर धेरै सांसद साथीहरु प्रधानमन्त्रीको पक्षमा आउनुभएको छ, उहाँसँग दश जना पनि सांसद छैनन् । हामी उहाँहरुसँग निरन्तर सम्वाद र छलफलमा छौं ।’