logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

आफ्नै मन्त्रीको राजिनामा माग गर्दै नारायणकाजी श्रेष्ठ


  • राजनीति
  • आइतबार, साउन ६ २०७५

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राहरुबारे दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपाका नेताहरुले पनि आपत्ति जनाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

यसैवीच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो अभिव्यक्तिवापत कानूनमन्त्री तामाङले राजीनामा दिनुपर्ने बताए । श्रेष्ठले भनेका छन् – ‘म कानूनमन्त्रीको राजीनामा माग्छु । अब पार्टीमा यसबारे कुरा उठ्छ ।’ प्रवक्ता श्रेष्ठले आइतबारै ट्विट गरेर मन्त्रीको अभिव्यक्तिप्रति सार्वजनिकरुपमै सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार