logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

सकियाे संवैधानिक परिषदकाे बैठक, हेर्नुस् निर्णय


  • राजनीति
  • आइतबार, बैशाख २६ २०७८

संवैधानिक पषिदको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भएको छ ।

परिषद बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन् ।

परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओली अध्यक्षताको बैठकमा राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी थिए । बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश जारी भइसकेको छ । संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग लगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकमा नामहरुबारे छलफल भए पनि सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने भएको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको समेत कोटाबाट केही सदस्य सिफारिस गरेको स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार