राजनीति
केहि दिन अघि बिबादित अभिव्यक्ति दिएर बिबादमा परेका कानुन मन्त्रि शेर बहादुर तामांग पद मुक्त हुने भएका छन्। मेडिकल चिकित्सा पढ़न जाने नेपाली चेलीहरुले बंगलादेशमा सर्टिफिकेट लिन आफ्नो अस्मिता बेच्न बाध्य हुने जस्तो कुरा बिना आधार बोलेर मन्त्री तामाङ बिबादित बनेका थिए। सडकमा र सामजिक संजालमा निकै नै आलोचित बनेका मन्त्रीको राजीनामा को कुरा पनि उठ्दै आएको थियो।
कानुन मन्त्री शेरबहादुर तामाङ मंगलबार दिउँसो आफ्नो मन्त्रीपद बाट राजीनामा दिने भएका छन् । तल्लो दर्जाको अभिव्यक्ति दिएर महिलाको अस्मितामाथि धावा बोलेको भनेर आलोचित बनेका मन्त्रि लाइ आफ्नै पार्टी भित्र बाटै राजीनामा दिन दवाव परेको थियो। नेपालमा अझ धेरै मेडिकल कलेज खोल्नु पर्ने भन्ने प्रसंग पुष्टि गर्न उनले आफुले सुनेको कुरा भन्दै नेपाली छात्राहरुले बंगलादेशमा सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने तर्क प्रस्तुत गरेका थिए।
अभिव्यक्तिको ब्यापक आलोचना पछि मन्त्रि तामांगले आफ्नो बचाउ गर्दै प्रेस बिज्ञप्ति जारि गरि माफी समेत मागेका थिए तर पनि धेरैले उनलाई राजिनामा दिनु पर्ने तर्क राखेका थिए।
‘सरकार तथा सिंगो पार्टी नै बदनामको प्रयास भएको भन्दै बालुवाटारमा बसेको हिजो रातिको बैठकमा प्रधानमन्त्री ओली सहित नेकपाका नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिनु पर्ने निस्कर्षमा पुगेका थिए । नेकपा अरु केही मन्त्रीलाई हटाउन समेत लिष्ट तयार गरेको स्रोतको दाबी छ ।