logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

माधव समुहकाे ओलीलाइ १३ घन्टे अल्टिमेटम


  • राजनीति
  • आइतबार, बैशाख २६ २०७८

नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् ।

सांसदहरुको बैठकले भोलि २९ गते ९ बजेसम्मको समय दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई वैशाख २७ गते विहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएको छ ।

माधव नेपाल पक्षका सांसदरुको बैठकले विहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको छ । यदि आफूहरुलाई किनारा लगाउने ढंगले गएमा भोलि नै कठोर निर्णय गर्ने नेता योगेश भट्टराईले बताए ।

९ बजेसम्म ओलीले सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिइने उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार