logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

नयाँ पार्टी बनाउने माधव नेपालकाे घाेषणा


  • राजनीति
  • आइतबार, बैशाख २६ २०७८

सत्तारूढ दल नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले अब अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गर्न नसकिने भन्दै सामूहिक राजीनामा दिएर जानुपर्ने प्रस्ताव राखेका छन् । सिंहदरबारमा राजीनामा दिनेगरि भेला भएका सांसदहरुलाई सम्बोधन गर्दै नेता नेपालले अब छुट्टै पार्टी गठन गरेर अघि बढ्नुको विकल्प नरहेको ब्रिफिङ गरेका थिए । छलफलमा सहभागी एक सांसदले दिएको जानकारीअनुसार आजको बैठकमा नेता नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

नेता नेपालको भनाई उद्धृत गर्दै ती सांसदले भने–‘अब पनि हामी अलमलमा पर्नुहुन्न, केपी ओलीसँग सम्झौता गर्नु भनेको हाम्रो लागि आत्मघाती हुन्छ । अब नयाँ पार्टी खोलेर जानुपर्छ । ओलीलाई पराजित गर्नुपर्छ । उनलाई ढाल्नुपर्छ । ओलीसँग सम्झौता गरेर जान सकिँदैन् । अहिले सम्झौता गर्नु भनेको ओलीलाई फाईदा हुन्छ । साथीहरु, हामी खुट्टा नकमाऔं । अहिले ओलीले कमिशनको चक्करमा पार्टीलाई बद्नाम गरे ।’ प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् । त्यसको लागि उनीहरु अहिले सिंहदरबारस्थित् सार्वजनिक लेखा समितिको हलमा सामूहिक छलफलमा जुटेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार