logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

नेकपा जनसेवक रुपन्देहीद्धारा कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम शुरु


  • मुक्ति गैरे,काठमाडौं
  • सोमबार, बैशाख २७ २०७८

नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले कोभिड–१९ ले देशव्यापी रूपमा आक्रान्त र हैरानी पारिरहेको विषम परिस्थितीमा कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रमको उद्घाटन गरेको छ ।

आइतबार जिल्लास्थित रानीगन्जबाट स्थानीय जनताहरूको सामान्य उपस्थितीमा कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रमको उद्घाटन गरिएको र सर्वसाधारण जनतालाई मास्क र सानीटाइजर वितरण गरेको नेकपा रूपन्देहीले बताएको छ । कार्यक्रममा नेकपा रूपन्देहीका जिल्ला सेक्रेटरी विश्वास लगायत अन्य १५–२० जना जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थिती रहेको बताइएको छ । उक्त जनचेतनामूलक कार्यक्रम जिल्लाका ५ वटा गाउँपालिका, १० वटा नगरपालिका, बुटवल उपमहानगरपालिका लगायत जिल्लाव्यापी रुपमा सञ्चालन गरिने बताइएको छ । जिल्लामा रहेका उत्पीडित जनसमुदाय, सुकुम्बासीलाई विशेष प्राथमिकतामा राखेर उक्त जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाइने समेत नेकपा रूपन्देहीले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार