अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)जिल्ला समिति,झापाकाे निर्यण अनुसार जनताको सेवामा जुटेको छ । अखिल(क्रान्तिकारी)ले जनसेवक निर्माण गरि जनसेवा मार्फत जनताको सेवामा लाग्न अाफ्ना मातहतका कमिटीहरुलाई निर्देशन समेत गरेको छ । यसै शिलशिलामा काेभिड-१९ ले अाक्रान्त पारि देशमा सबै तिर बन्दाबन्दी रहेको अवस्थामा जनताको बिचमा रहेर अाज झापाको बिर्तामोड,मेचिनगरकाे दुलाबारि र काँकडभिट्टामा माक्र्स,सेनिटाईजर लगायतका सामाग्री वितरण गरेको छ । यसै क्रममा उक्त स्थानमा सरकारले दिन नसकेका काेभिड-१९ विरुद्धको सुरक्षा सामाग्री समेत नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समेत हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा सुरक्षा कर्मिका जिम्मेवार कमान्डरहरुले हामीलाई अखिल(क्रान्तिकारी)ले दिएको सहयोगले राहत पुग्ने समेत बताएका छन् । अखिल(क्रान्तिकारी) झापाको संयोजक खगेन्द्रको नेतृत्वमा याे अभियान संचालन भईरहेको छ । उक्त अभियानमा निरन्तर काेभिड-१९ विरुद्धलाई पराजित नगर्दासम्म संचालन हुने अध्यक्षले बताउनु भयो ।






