logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

अखिल(क्रान्तिकारी)द्दारा काेभिड विरुद्ध कार्यक्रम घाेषणा,माफिया विरुद्ध संघर्ष गर्न अाह्वान


  • मुक्ति गैरे,काठमाडौं
  • बुधबार, बैशाख २९ २०७८

नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले सचेतता मुलक कार्यक्रम घाेषणा गरेको छ । अाज रुपन्देहीको वुटवलमा एक कार्यक्रम गरि साविक लुम्बिनी अंचलकाे छ वटा जिल्लाहरुलाई एकसाथ सचेतना मुलक सन्देशका ब्यानरहरु पठाएर कलेज,सार्वजनिक स्थल,विभिन्न सामाजिक सन्जाल मार्फत सन्देशमुलक कार्यक्रम गर्न निर्देशन जारि गरिएकाे छ । साथै उक्त कार्यक्रमलाई निर्देशन दिदै अखिल(क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयाेजक विरेन्द्र विकले “अहिले बिश्व महामारीको रुपमा रहेको कोरोना भाइरसले बिश्वको मानव जाति नै संकटमा छ । दलाल पुँजिबादी देशहरु मानवता भन्दा आफ्नो नाफामा केन्द्रित छ्न् । नेपालको अवस्था झन भयावह छ । उपचार नपाएर मर्नेकाे संख्या बढिरहेको छ । अक्सिजन र उपचार गर्ने बेड नपाएर जनताले अकालमै ज्यान गुमाउनु परिरहेको छ । सरकार र सरकारका मान्छेहरु मुखदर्सक भएर भ्रस्टाचार कमिसन संगै आफ्नो कुर्सी बचाउन तिर ध्यान केन्द्रित गरिरहेका छन् । यस्तो विशिस्ट अवस्थामा जनताको सेवक जिम्मेवार पार्टी र संगठन भएकाले हाम्रो दायित्व झन बढ्नु स्वाभाविक नै हुन्छ । त्यसैले अहिलेको आवश्यकता अनुसार निम्न कार्य गर्नु अाग्रह गर्दछौं ।
कार्यक्रमहरु
– बैशाख २९ गते कोरोना भाइरस सम्बन्धि जनचेतना मुलक सन्देश सामाजिक संजालमा राख्ने ।
– ३० गते ब्यानरहरु सार्बजनिक स्थलमा राख्ने ।
– ३१ देखि जेष्ठ २ गते सम्म तराइका जिल्लाहरुमा माइकिङ गर्ने र पहाड र तराईका जिल्लाहरुले माक्स/ सेनिटाइजर पनि बितरण गर्ने ।
– जेठ ३ देखि १० गते सम्म सम्भव हुने जिल्लामा अनलाइन मिटिङ्ग र प्रशिक्षण गर्ने ।
– कोरोना महामारी र राज्यको भुमिका विषयमा अन्तरक्रिया अनलाइन मार्फत गर्ने ।
– कोरोना महामारीको कारण अप्ठ्यारोमा परेका बिद्यार्थी को तथ्यांक संकलन गरि राहत बितरण गर्न ।
– अनलाइन कक्षा सन्चालन गरे नगरेको र शुल्क असुल गरे नगरेको विषयमा बिद्यार्थी/अभिभावक माध्यम बाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा बुझ्ने र रेकड राखि कार्बाही गर्ने।
– कोरोना महामारीको विषयमा सकारात्मक सन्देशहरु बढि भन्दाबढी सामाजिक सन्जालमा सेयर गर्ने,आफुले पनि लेख्ने ।
अन्तमा सबै विद्यार्थी सचेत नागरिकलाई सुरक्षीत भएर कोरोना महामारीका विरुद्ध आ- आफ्नो ठाँउहरुमा जनसेवक बनाएर जनसेवामा जुट्न अपिल गर्दै माथी उल्लेखित कार्यक्रमहरु आ-आफ्नो जिल्लाहरुमा अनिवार्य लागू गर्नु हुन अनरोध गर्दछु”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार