राजनीति
कोरोना सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न कडाइ गर्दै किर्तिपुर प्रहरीले अभियानलाइ ब्यवस्थित गरेको छ । खाली र खुल्ला स्थानहरूमा मानिसहरुको आवतजावत र कतिपय असामाजिक गतिविधि भएको सूचनाको आधारमा किर्तिपुरको चोभार नियमित गस्ती गरेको छ ।
चोभारको गस्तीमा रहेका प्रहरी असई केशव डाँगीले जनतामा संक्रमण तिब्र रुपमा फैलिएको अवस्थामा सचेतता अप्नाए मात्र जिवन रक्षा हुने भन्दै भेटिएहरुलाइ सम्झाइ बुझाइ पठाएका थिए । डाँगीले अवस्था र बेला बुझेर अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किन सबैमा अनुरोध समेत गरेकाछन ।
हालै मात्र सम्पन्न काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियोहरुको संयुक्त बैठकले जेठ १३ गते सम्मको लागी अत्यावश्यक अवस्थामावाहेक हिँडडुलमा रोक लगाउने निर्णय गरेको थियो ।