logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सहमतिकाे केही घन्टामै भाडियाे एकता


  • राजनीति
  • मंगलबार, जेष्ठ ४ २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भाँडिएको छ । दुई नेताबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भए पनि ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् । उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन् ।

यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताएका थिए ।

तर अध्यक्ष ठाकुरले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराएका छन् ।

सोही पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार