logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

एमाले कार्यदलकाे बैठक सकियाे, हेर्नुस् निर्णय


  • राजनीति
  • मंगलबार, जेष्ठ ४ २०७८

सत्तारुढ दल नेकपा एमालेकाे विवाद मिलाउन गठन गरिएको कार्यदलको पहिलो बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको पहिलो बैठक भर्खरै सकिएको हो ।

एमाले नेता भीम रावलका अनुसार बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका कार्यदल सदस्य शंकर पोखरेलबाहेक सबै सदस्य उपस्थित भएको थिए । आजको बैठकले एमाले कार्यकर्ताको बीचमा थप विवाद बढ्न नदिन बिशेष अपिल गर्ने निर्णय गरेको छ । बैठकले सहमतिहरू निर्माणका लागि एउटा कार्यविधि र आचारसंहिता तयार गर्ने निर्णयसमेत गरेको नेता सुवास नेम्वाङले दिए। ‘कार्यदलको बैठकले सर्वसम्मत रुपमा देशैभर कार्यकर्ताको बीचमा एकताको भावना सञ्चार गराउने निर्णय गरेको छ, बक्तब्यमार्फत नै यस्को जानकारी गराइन्छ,’ एमाले संसदीय दलका उपनेता नेम्वाङले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले तीन दिनको समय तोकेर जेठ २ गते १० सदस्यीय कार्यदल गठन गरेका थियो । कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट नेता नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल थिए भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार