logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

संकटकालको झल्को दिनेगरी नेकपाका दुई पिविएम वेपत्ता

सार्वजनिक गरिदिन पहलको लागि परिवारजनको अपील


  • राजनीति
  • शनिबार, साउन १२ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई पोलिटब्यूरो सदस्यलाई प्रहरीले गिरफ्तार गरेको नेकपाले बताएको छ। पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ र कृष्ण धमला ‘गम्भीर’लाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरेको हो ।

उपत्यका बाहिर बाट सार्वजनिक बसमा चढेर काठमाडौं आउँदै गरेका कार्की र धमलालाई प्रहरीले नागढुंगामा बसबाट झारेर गिरफ्तार गरेको स्रोतले बताएको छ । यधपी अहिले सम्म कहाँ लगिएको भन्ने नखुलेको बताएको छ । अहिले सम्म दुबै नेताका घरपरिवारलाई समेत कुनै सूचना नदिएको बताइएको छ। परिवारले बेपत्ता पारेको दाबी समेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंले उनीहरुलाई पक्राउ नगरेको बताएको छ । तर, प्रहरीका केही अधिकारीले भने नाम नभन्ने शर्तमा उनीहरु दुबै जनालाई काठमाडौंको बालाजु गोलढुंगा प्रहरी चौकीमा राखिएको जानकारी दिएका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टीले कार्की र धमलालाई तत्काल रिहा गर्न माग गरेको छ । प्रहरीले उनीहरुलाई विना कारण पक्राउ गरी वेपत्ता बनाइएको भन्दै त्यसप्रति नेकपाले आपत्ती समेत जनाएको छ ।

त्यसैगरी नेता कार्की र धमलाका परिवारले उनीहरुलाई खोजि गरिदिन मानव अधिकार आयोगसहितका अधिकारकर्मी, पत्रकार र नागरिक समाजलाई आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार