logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पदमुक्त भएपछि प्रभु शाहले दिए यस्तो प्रतिक्रिया


  • राजनीति
  • बिहिबार, जेष्ठ ६ २०७८

नेकपा एमालेका नेता प्रभु साहले गैर सांसदलाई मन्त्री पदबाट पदमुक्त गर्ने सर्वोच्चको आदेश अप्रत्यासित र त्रुटिपूर्ण भएको बताएको छ ।

सर्वोच्च अदालतले बुधबार सात गैर सांसदलाई पदमुक्त गर्ने आदेश सुनाएको थियो । यो आदेशसँगै साह पनि सहरी विकास मन्त्रीबाट पदमुक्त भएका छन् ।

एमाले नेता साहले सर्वोच्चको आदेश अप्रत्यासित भएको बताए । जिम्मेवारपूर्ण ढंगले आदेश नआएको उनले बताए । ‘म जनताबाट निर्वाचित सांसद हुँ । ६ महिनापछि उपचुनावबाट फेरि चुनिएर आउने हाम्रो हकलाई ख्याल गरिएन’ साहले भने, ‘त्यसैले यो आदेश त्रुटिपूर्ण छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार