logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

अवसरवाद !


  • रचनाकार-प्रकाश शाही
  • बिहिबार, जेष्ठ ६ २०७८

अक्सर अवसरवाद
राम बहादुर मात्र बनेर आउदैन
तिमीहरूले आलोचन गरे जस्तो
बरू यो त
विभिन्न रूप र प्रवृत्तिमा
सत्ता र शक्ति कै वरिपरी हुन्छ
कहिले दक्षिण बनेर
कहिले बिलण बनेर त
कहिले योद्दा बनेर अनि
कहिले सहयोद्दा बनेर

त्यसैले अवसरवाद
तिमीले आफू सोचे जस्तो
खोजे जस्तो भेष अनि भंगीमा हुदैन
यो बरू उसलाई अनुकुल हुने
नजरीया र नखरामा हुन्छ
जस्तो एकिकरणका बेला
दुई पाईलटले उडाएको जम्बो जट जस्तो
न त सिद्धान्त चाहिने
न त सिमा चाहिने
बस हित्त चित्त मिले स्वयम्बर बिवाह जस्तो
चटकेले देखाउने सार्वजनिक रमिता जस्तो

हो यस्तै
रूप र रंगमा
प्रसंशा र आत्मरतिमा
हनुमान अनि चम्चाहरूमा
लुकेको हुन्छ अवसरवाद!

त्यसैले
राम बहादुर मात्र बनेर बनेर
आउदैन अवसरवाद !
बरू यो विभिन्न रूप र प्रवृतिमा
सत्ता र शक्ति कै वरिपरी हुन्छ
किहले उखान टुक्का भनेर
कहिले चर्को आलोचना गरेर
कहिले लर्कने तेल घसेर
कहिले नमिठो बासना छरेर
बसेको हुन्छ अवसरवाद!

त्यसैले अहिले रूदै
अवसरवादी भन्नेहरूले
आफूलाई पनि जांच हिज
सत्ता र भत्ता नजिक हुदा
पार्टी एकीकरण गर्दा
मन्त्रीहरूको स्वकिय हुदा
जनताको नाउंमा बजेट बनाउंदा
राहतका नाउंमा रासन बांड्दा
योजना उद्घाटन र सिलन्यास गर्दा
त्यहां अवसरवाद थियो कि थिएन ?
मेरो प्रश्न!! (अखिल(क्रान्तिकारी)का महासचिव प्रकाश शाहीद्वारा रचित)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार