logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

कसरी भयाे ओली सरकार बनेकाे केही दिनमै राजनीति अप्रत्याशित ‘यु टर्न’ ?


  • पत्रपत्रिका
  • शुक्रबार, जेष्ठ ७ २०७८

संविधानको धारा ७६ (३) बमोजिम केपी शर्मा ओलीको सरकार बनेको केही दिनमै राजनीतिले अप्रत्यासित ‘यु–टर्न’ लिएको छ। धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन एक महिना अवधि पाउँथे।

त्यसको अन्तिम घडीतिर वैकल्पिक सरकारको कसरत गर्ने विपक्षीको ध्येय थियो। त्यसका लागि गृहकार्य गर्न नपाउँदै प्रधानमन्त्री ओलीले धारा ७६ (५) बमोजिमको सरकार बनाउने बाटो खोल्दै सिफारिस गरेका छन्। त्यसका आधारमा बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार साँझ ५ बजेभित्र बहुमतको आधारसहित प्रधानमन्त्रीको दाबी गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान भएको छ।

धारा ७६ (५) मा भनिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ।’

त्यो सरकार नबनेमा वा त्यसरी बनेको सरकारले एक महिनाभित्र विश्वासको मत नपाएमा ७६ (७) मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र गर्ने गरी अर्को प्रतिनिधि सभाको निर्वाचन तोक्ने व्यवस्था छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार