राजनीति
प्रधानमन्त्री केपी ओलीले अहिले मध्यरात प्रतिनिधिसभा विघटनको सिफारिस गरेकाछन । प्रधानमन्त्री केपी ओलीले अहिले मध्यरात प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको छ । शीतल निवासबाट सँविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनका निम्ति दुबै पक्षको दावी खारेज गरिएको बक्तव्य आएलगत्तै बालुवाटारमा बसेको क्याबिनेट बैठकले विघटनको निर्णय गरेको हो ।
यसैबिच वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अहिलेको घटनालाई “मध्यराती सँविधानमाथि “कू” को सँज्ञा दिए छ । बिरोध प्रदर्शनहरु हुन नपाउन् भनेर स्वास्थ्य संकटकाल लगाउने तयारी छ ।
शीतल निवासबाट सँविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनका निम्ति दुबै पक्षको दावी खारेज गरिएको बक्तव्य आएलगत्तै बालुवाटारमा बसेको क्याबिनेट बैठकले विघटनको निर्णय गरेको हो । यसनिम्ति सबै मन्त्री र केही सचिवलाई आकस्मिक भेला गराइएको थियो । यो सिफारिस पुर्व प्रधान सेनापति पूर्णचन्द्र थापा बालुवाटारबाट निस्किएका थिए ।
रास्ट्रपतिले नयाँ दिन शुरु हुनुअगावै पौने १२ बजे राती निकाल्नुभएको बिज्ञप्तीको यो निचोडले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको निम्ति हालका प्रधानमन्त्री केपी ओलीलाई मार्गप्रशस्त गराइदिएको हो:-“दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।” फाइल फोटो