logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

काेभिड १९ विरुद्ध विद्यार्थी अभियान


  • मुक्ति गैरे,काठमाडौं
  • आइतबार, जेष्ठ ९ २०७८

नेपाल कम्युनिस्ट पार्टी(विप्लव)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले अाज रेडक्रस केन्द्रीय कार्यलय साेल्टिमाेड काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ । संगठनकाे २०७८ जेठ १ सम्पन्न केन्द्रीय समिति बैठककाे निर्यणअनुसार “काेभिड १९ विरुद्ध विद्यार्थी अभियान” संचालन गर्ने निर्यण अनुसार याे कार्यक्रम संगठनकाे केन्द्रीय समितिबाट अायाेजन भई सम्पन्न भएको छ । कार्यक्रममा संगठनका सम्पूर्ण समितिबाट काेभिड १९ ले अाक्रान्त पारिरहेको अवस्थामा पनि ६५ जनाकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बाेधन गर्दै संगठनले “देश र जनतालाई हाम्रो संगठनले जस्तोसुकै अवस्थामा पनि सेवा गर्न तयार रहेको बताएको छ । अहिले काेभिड १९ बाट जनता अाक्रान्त भईरहेकाे अवस्थामा पनि दलहरु र उनका भातृ संगठनहरु कुर्चिकाे लडाइँमा लागेर विश्व सामु नेपाललाई निर्लज्ज पुर्ण कार्य गरेको क्रान्तिकारीले जनाएको छ ।

काेभिड १९ विरुद्ध विद्यार्थी अभियान संचालन गरेको बताएको छ । यस अभियान देशै भरि संचालन भईरहँदा हामीलाई थप देशको सेवा गर्न झन् उत्सुकता पैदा भएको समेत जनाएको छ । अहिले मात्रै लुम्बिनीमा अक्सिजन सिलिन्डर वितरण भएको छ उता रुकुम पश्चिममा निशुल्क खाना एवम् विरामि सेवा परिचालन लगाएका सेवाहरु देशैभरि भईरहेकाे छ ।अखिल(क्रान्तिकारी) जनसेवक कपिलवस्तुकाे सचेतना कार्यक्रम शुरुजनसेवामा सरिक हुदै अखिल(क्रान्तिकारी)रुपन्देहीअखिल(क्रान्तिकारी)केन्द्रीय समितिद्दारा रक्तदान कार्यक्रम गर्दैनेकपा (विप्लव) निकट विद्यार्थी संगठनद्दारा ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार