logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी) नवलपुरद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न


  • मुक्ति गैरे,काठमाडौं
  • सोमबार, जेष्ठ १० २०७८

नेकपा निकट अखिल (क्रान्तिकारी) नवलपुरले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको समन्वयमा कोरोना भाइरसविरुद्ध स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार जिल्लाको गैंडाकोट र देवचुली नगरपालिकामा भौतिक दूरी कायम राख्दै विद्यार्थी नेता/कार्यकर्ताको उपस्थिती र स्थानीय जनसमुदायको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष पितम्बर भुर्तेलले विद्यार्थीलाई मास्क कसरी लगाउने, किन लगाउने, यसको उद्देश्य के र आम जनसमुदायलाई सुरक्षित रहन कसरी अपिल गर्ने भन्ने विषयमा प्रशिक्षित गराएका थिए । विद्यार्थी नेता-कार्यकर्ताले भौतिक दूरी कायम राख्दै जनसमुदायलाई मास्क वितरण गरेका थिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नवलपुर जिल्ला अध्यक्ष श्रीराम बस्याल “कमरेड स्वरूप”ले कोभिड–१९ विरुद्ध विद्यार्थी अभियान अन्तर्गत विभिन्न कार्यक्रमले विद्यार्थीलाई जनताको सेवामा जोड्न उत्प्रेरित गरेको र व्यवहारीक पनि भएको पुष्टि गरे । उनले शिक्षालाई श्रमसँग जोड्न र सेवामूलक बनाउन आवश्यक रहेको बताए । अध्यक्ष श्रीराम वस्याल”कमरेड स्वरूप”ले आफ्नो संगठन निरन्तर वैज्ञानिक शिक्षाको पक्षमा संघर्ष गरिरहेको पनि बताए ।संकटको बेला अन्य राजनीतिक दल र संगठनहरु सत्ता स्वार्थ केन्द्रीत भइरहँदा आफ्नो पार्टी र संगठन भने निरन्तर कोभिड विरुद्ध जनताको सेवामा जुटिरहेको अध्यक्ष श्रीराम बस्याल “कमरेड स्वरूप”ले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार