logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

देश फिजिकरण बनाउन उद्दत संविधानका विरुद्ध स्वाधीन कडा जनवादी संविधान जारी गरीन्छ : नेता कंचन


  • मुक्ति गैरे,काठमाडौं
  • सोमबार, जेष्ठ १० २०७८

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्ताेला”कंचन”ले अहिले भर्खरै सामाजिक संजाल फेसबुक मार्फत सरकारले ल्याएको नागरिकता विधेयक अध्यादेशका बिषयमा प्रतिक्रिया दिदै देशकाे स्वाधीनताकाे लागि कडा जनवादी संविधान जारी गर्ने चेतावनी दिनु भएको छ । नागरिकता विधेयक ल्याएर देशलाई अनिष्ठताकाे ठूलो भुमरीमा धकेेलेकाे बताउनु भयो । केही मानिसहरूले गर्भ गर्ने संविधान नै फिजिकरणकाे खुड्किलाे हुने समेत बताउनुभयो । यी सबै बिषयकाे छिनोफानो जनताको फैसला जनमतसंग्रह मार्फत उच्चतम जनवादकाे प्रयोग गर्दै अाउने वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै हल हुने समेत बताउनुभएको छ । उहाँको स्टाट्स जस्ताको त्यस्तै “भलै संम्विधान सम्मत हुनेगरी किन नहोस, नेपाल सरकारले नागरिक विधेयक ल्याएर देशलाई अनिष्ठताको ठुलो भूमरीमा धकेलेको छ । यो प्रावधान सरकारको सुबिधाकोलागि अहिले प्रयोग भएपनि सम्बिधानमै आधार भएकोले कुनैपनि सरकारले कुनैपनि समयमा प्रयोग गर्न सक्थ्यो । केहि मानिसहरुले गर्भ गर्ने सम्बिधाननै फिजीकरणको खुड्किलो हुने हो भने नागरिकता सम्बन्धि कड़ा नीति अपनाउने गरी यो सम्बिधानको ठाऊँमा जनवादी सम्बिधान किन नलेख्ने ? यसले पनि माग गर्छ राजनीतिक प्रणाली सहित हरेक बिषयमा नेपाली जनताले फैसला गर्ने जनमत संग्रहको शुनिश्चितता आवस्यक छ र त्यस प्रकारको उच्चतम जनवाद वा डिमोक्रेसीकालागि वैज्ञानिक समाजवाद स्थापना गरौ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार