logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गाेली हानेर माओवादी नेता पाण्डेकाे हत्या


  • राजनीति
  • सोमबार, जेष्ठ १० २०७८

कपिलवस्तुमा गोली प्रहार गरिएका नेकपा (माओवादी केन्द्र)का नेता दीपक पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीका अनुसार काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा उनको सोमबार साँझ निधन भएको हो ।  

गत जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा पाण्डेमाथि गोली हानिएको थियाे । गोली लागेर पाण्डेसहित दुईजना घाइते भएका थिए । गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएका  थिए ।

पाण्डेसहित ३ जना लु.९ प. ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैयाखोला बाट तौलिहवातिर आउँदै थिए । भारत घर भएका वर्ष ३६ को मोहम्मद इसाद खानले मोटरसाइकल चलाएका थिए । उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले पेस्तोलबाट ३ राउण्ड गोली हानेर भागेका थिए । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।

पाण्डेलाई गोली हानेको आरोपमा प्रहरीले जसपाका जिल्ला नेतालाई जेठ ८ गते पक्रेको थियाे । कपिलवस्तु नगरपालिका–१ घर भएका ३९ वर्षीय ओमप्रकाश यादवसहित २ जनालाई पक्राउ गरिएको जिप्रका कपिलवस्तुका डिएसपी भण्डारीले रातोपाटीलाई बताए । ओमप्रकाश जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला समिति सदस्य हुन् । उनीसँगै प्रहरीले ३३ वर्षीय साकिर अलि पाखियालाई पनि पक्राउ गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार