logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

कालीगण्डकी फाउण्डेशन,नेपालले पाँच पालिका सहित दुई अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण


  • मुक्ति गैरे,काठमाडौं
  • मंगलबार, जेष्ठ ११ २०७८

कालिगण्डकि फाउन्डेसन,नेपालले पाल्पाका पाँच पालिका सहित दुई अस्पतालहरुलाई एकैचोटि काेभिड १९ विरुद्ध जुध्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । पाल्पाको निस्दी,पूर्वखोला,रम्भा,माथागढी,रामपुर नगरपालिका/पाँलिका सहित जिल्ला अस्पताल र रामपुर अस्पतालहरुलाई सहयोग गरेको छ । यस्तै पाल्पा जिल्ला जनस्वास्थ्य कार्यलय,पाल्पा र DCCMC पाल्पा,
गाउँपालिकाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिड महामारीका विच स्वास्थ्य सेवामा खट्दै आएका स्वास्थ्यकर्मीहरुको सुरक्षा र उनीहरुको मनोबल बढाउनका लागि पिपिई सेट तथा माक्स प्रदान गरेको हाे । संस्थाका सल्लाहाकार सन्दिप रानाको पहलमा भारतका विभिन्न सामाजिक संघ संस्थाहरुबाट प्राप्त सामाग्री नगरपालिका र पालिकाहरुको कार्यालयमै पुगेर बुझाएको हो । संस्थाका अध्यक्ष निलकण्ड भण्डारी,उपाध्यक्ष पवित्रा पाैडेल ढकाल,सचिव सीता डोटेल,कोषाध्यक्ष इमान सिं राना, सदस्य जिवन तिवारी र दिपक अर्यालको सक्रियतामा DCCMC पाल्पा,अस्पताल,नगरपालिका/पाँलिकाका मेयर,उपमेय र अध्यक्ष उपाध्यक्ष एवम् कार्यलयका प्रमुख प्रशासकीय अधिकृतहरुलाई हस्तान्तरण कार्यक्रम भएको थियोे । साथै फाउन्डेसन केही बर्ष अघि देखि अाफ्नै एम्बुलेन्स सेवा मार्फत विरामिहरुलाई सेवा दिदै अाएकाे पनि छ ।
संकटको घडीमा संस्थाले दिएको सहयोगको ठूलो भूमिका रहने भन्दै आगामी दिनमा पनि आवश्यक सहकार्य गर्न सम्बन्धित नगरपालिका,पाँलिका,अस्पतालका अध्यक्ष एवम् कार्यलय प्रमुखहरुले आग्रह गर्नुभयो साथै DCCMC पाल्पाले पनि सराहनीय काम गरि हामीलाई मद्दत गरेकोमा धेरै धन्यवाद व्यक्त समेत गरेको छ ।
फाउण्डेशनका अध्यक्ष निलकण्ड भण्डारीले महामारीको समयमा जनतालाई थप सुरक्षित बनाउन स्वास्थ्यकर्मीहरुको सुरक्षा महत्वपूर्ण संगै चुनौतिपूर्ण रहेकाले यसको लागि सकेको स्वास्थ्य सामाग्री प्रदान गरिएको जानकारी दिनुभयो । यसकाे सहजिकरण फाउन्डेसनका सचिव सीता डोटेलले गर्नु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार