logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

शहिद स्मृतिमा अखिल(क्रान्तिकारी)रुपन्देहीद्दारा रक्तदान कार्यक्रम गर्दै


  • मुक्ति गैरे,काठमाडौं
  • मंगलबार, जेष्ठ ११ २०७८

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) रुपन्देहीले २०७८ जेठ १२ गते रक्तदान गर्ने भएको छ । अखिल(क्रान्तिकारी) का सिटिभिटि संयाेजक प्रज्वल शाहीकाे स्मृतिमा काेराेना माहामारिका कारण विरामिहरुलाई रगत अभाव नहाेस् भन्ने उदेश्यले अखिल(क्रान्तिकारी)जनसेवककाे तर्फबाट उक्त कार्यक्रम गर्न लागिएको रुपन्देही जिल्ला समितिका अध्यक्ष ईन्दु वलिले बताउनु भएको छ । साथै उक्त कार्यक्रममा संगठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयाेजक विरेन्द्र विककाे प्रमुख अातिथ्यतामा तथा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज रुपा बुढा मगरकाे उपस्थितिमा सम्पन्न हुने भएकाे छ । रक्तदानका कार्यक्रममा जिल्लाका नगर र पाँलिका कमिटी,क्याम्पस कमिटीमा कार्यरत सम्पूर्ण संगठनका सदस्यहरु उपस्थिति हुने अध्यक्ष वलिले जानकारी दिनु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार