logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

बुवाकाे पुण्य तिथिमा मीन बहादुर केसीद्दारा गरिब,विपन्नलाई सहयोग


  • प्रतिज्ञा मगर,राेल्पा
  • मंगलबार, जेष्ठ ११ २०७८

स्व.बुवा अाेपिन्द्र बहादुर खत्री ,स्व.हजुर बुवा उदिराम खत्री ,स्व.हजुर अामा लिलु खत्री प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै राेल्पा त्रिवेणी गाँ.पा. वडा ३ रातामाटा निवासि एवम् दाङ निबासी तथा विगत लामाे समय सम्म जनकल्याण मावि सिम्पानीमा बिज्ञान शिक्षककाे रुपमा कार्यरत हाल निजामती सेवामा प्रबेश गरि ईलाका हुलाक कार्यालय उरहरी दाङका कार्यालय प्रमुख तथा कान्छाे छाेरा मिन बहादुर केसीले बैशाख शुक्ल चतुर्दशीकाे दिन ५ अाैँ पुण्य तिथिकाे अबसर तथा स्वर्गवास गर्नुहुने पितृहरुकाे बैकुण्ठमा बासकाे कामना गर्दै त्रिवेणी गाँ.पा. भित्रका अति विपन्न दुखि पिडित गरिबहरुलाई भनि ४ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको छ । उक्त त्रिवेणी गाँउपालिकाकि प्रेस संयाेजक प्रतिज्ञा मगर मार्फत गाउँपालिकाकाे कार्यलयमा पठाउँनु भएकाे छ । गाउँ पालिककि प्रेस संयाेजक प्रतिज्ञा मगरले उक्त रकम बैंक खातामा मार्फत बुझ्दै “पुण्य र धर्म गर्नलाई मठ मन्दिर गुम्बा बिहार चर्च जानै पर्दैन् गरिव दुखिकाे घाउँहरुमा मलम पट्टी लगाउँन उहाँहरुले गर्नु भएको काम नै पुण्य हाे,हजुरहरुकाे जस्ताे महान कार्य र साेच भएकाे मनकारी दयालु सहयोगी भाव बाेकेकाे मान्छे हुनुहुन्छ तपाईंको याे सेवा रुपि भावनालाई मनैदेखि हाम्रो सिङ्गो पाँलिकाकाे तर्फ देखि बिशेष धन्यवाद दिन चाहान्छाैं । काेराेनाकाे विषम परिस्थितिमा पनि अाफनाे खुल्ला हृदय खाेलेर जुन रकम पठाउँनु भएकाे छ याे रकम लकडाउन खुल्ने बित्तिकै र परिस्थिति सामान्य भएपछि सिङ्गो गाउँ पालिकाकाे उपस्थितिमा हाम्रो गाँ.पा.भित्रका सबै भन्दा बिपन्न परिवारलाई कार्यक्रम गरि हस्तान्तरण गर्ने छाैँ प्रतिबद्धता समेत जनाउनु भएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार