राजनीति
भक्तपुरमा बालक अपहरण गरि ह्त्या गरेका दुई जनालाइ प्रहरीले इन्काउनटर गरे पछि उक्क्त घटनाको बारेमा केहि बिवादहरु समेत बाहिर आउन थालेकाछन ।
ययसैबीचमा मुलुकका ४ ठुला दैनिक छापाले उक्त घटना लाई यसरी प्रस्तुत गरेका छन ।
कान्तिपुरले निशान खड्काका अपहरणकारी मुडभेडमा मारिएको भनेर प्रहरीले गरेको प्रचार नै शंकास्पद रहेको लेखेको छ । अपहरणकारी पक्राउ परेकाे देख्ने स्थानीयको भनाइलाई नै समाचारमा समावेश गरेको छ ।
नागरिकले पनि प्रहरी इन्काउन्टरमाथि आशंका व्यक्त गरेको छ । उसले लेखेको छ– महानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डाबाहेकका अन्य दुई इन्काउन्टर विवादित बनेका छन् ।’
अन्नपूर्णले प्रहरीकै म्यासेजले भक्तपुरमा स्कुले बालकको ज्यान गएको समाचार लेखेको
नयाँ पत्रिकामा गैरजिम्मेवारपूर्ण रुपमा प्रहरीले अपहरणकारीलाई एसएमएस पठाउँदा बालकको ज्यान गएकोलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ ।