logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विदेशीसंग साउती गर्ने ओलीले अनिष्ट निम्त्याए : नेता रावल


  • राजनीति
  • सोमबार, जेष्ठ १७ २०७८

नेकपा एमाले बाट निश्काषित नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनिष्टको काम गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । नेता रावलले प्रधानमन्त्री ओलीले राष्ट्रपतिसंग मिलिमतो गरी संविधान मिच्दै पटक९पटक प्रतिनिधि सभा भंग गरेको र संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरुहरुलाई गुट राजनीतिमा धकेल्ने काम गरेको लगायत गम्भीर आरोप लगाएका छन् ।

उनले लेखेका छन्-“राष्ट्रपतिसंग मिलिमतो गरी संविधान मिच्दै पटक-पटक प्रतिनिधि सभा भंग गर्ने, संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसंग राती साउती गर्ने,राष्ट्रहित विपरीत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रमं केपीले नै अनिष्टको काम गरेको ठहर्छ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार