logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

विप्लवको झुपडी : संसदिय ब्यवस्था विरुद्धको एक एम्बुस !


  • अखिल बिश्वकर्मा
  • मंगलबार, जेष्ठ १८ २०७८

केही वर्ष देखी ठुला राजनीतिक कार्यक्रममा बाक्लोरुपमा नदेखिएका जनयु’द्धकाल देखि फिल्ड मार्शलको रुपमा स्थापित कमान्डर हुन नेत्र विक्रम चन्द विप्लव ।

पछिल्ला केही वर्ष देखि विप्लव आम युवाहरुमा लोकप्रीय र आसालाग्दा नेताका रुपमा स्थापित छ्न । केही समय अगाडी उनको पार्टी नेकपा माथी लागेको सरकारी प्रतिबन्ध हटेपछी बिप्लव दुइ/चार पटक भन्दा बढी काठमाडौ आएका छैनन् । फागुन देखि नेकपा अर्को राजनीतिक प्रक्रियामा आएको छ । तर नेकपाका महासचिव विप्लव भने आफ्नै गृह जिल्ला कपिलवस्तुमा नै बस्दै आएकाछन ।

प्रचण्ड सगको अंतरसघर्षको बेला होस या नेकपा माथिको प्रतिबन्धको अवस्थामा किन नहोस उनको जीवन शैलीको बारेमा निकै खोजी र चर्चा हुनेगरेको छ । नेपालमा रहेका संसदवादी पार्टीका प्रमुख नेताहरुको रवाफिलो जीवन शैलीका बिचमा उनी त्यसको ठिक बिपरित उदाहरण बनेकाछन विप्लव ।

प्रायःजसो नेताहरुको बिगत आर्थिक हिसावले कम्जोर भएतापनी पछि उनिहरु महलबासी र धनाड्य बनेका छन । बिगतमा झूपडीमा बास बस्ने नेताहरुको सुखशैली प्रतिको मोह र जीवन शैलीको विषयमा जनस्तरबाटै आलोचना हुदैआएको छ ।

तत्कालीन नेतृत्वको राजनीतिक लाइन प्रती बिमती जनाउदै पार्टीबाट बिद्रोह गरेर आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए । आएका उनी केही वर्षअघि मात्रै भूमिगत राजनीतिमा होमिएका थिए ।

विप्लव यतिबेला प्रायःस आफ्नै गृहजिल्ला कपिलवस्तुकै शिवगढीको घरमै रहेका छ्न । उनी स्थानिय जनताको बारीमा गहुँ काट्न देखि जनतालाइ स्वास्थ्य सेवा दिने भवन निर्माणमा जुटेको तस्विरहरु समेत सार्वजनिक भएका छन ।

ब्यक्तिगतरुपमा विप्लव धेरै युवा पंक्तिका एक आदर्श नेता भएर स्थापित छ्न । यति बेला उनले बस्दै आएको कपिलवस्तुको घरबारे निकै चर्चा रहेको छ । अति सामन्य अझ भजौ झ्वाट बिश्वास गर्न समेत नसकिने उनको बासस्थान देखेर धेरै मानिस उनी प्रती अझ श्रद्धा गरिरहेकाछन । अझ भनौ उनको वैकल्पिक विचार र जिवनशैलीले अरु राजनीतिक दल र नेतृत्वको आलिसान प्रती कुरीकुरी समेत गरिरहेको छ ।

विप्लव निवासको तस्वीर पत्रकार राजेन्द्र बानियाँले सार्वजनिक गरेपछी कतिपय बिश्लेषकहरुले दलाल पुजीवादी ब्यवस्था विरुद्धको एम्बुस भएको तर्क गरेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार