logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमाले स्थायी कमिटी बैठक सुरु


  • राजनीति
  • मंगलबार, जेष्ठ १८ २०७८

सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ११ बजे बस्ने भनेपनि एक घण्टा ढिलागरी १२ बजेपछि मात्रै सुरु भएको नेता छविलाल विश्वकर्माले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

एमाले विवाद मिलाउन नेताहरुबीच छलफल चलिरहेकाले आजको बैठकमा यसअघि स्पष्टिकरण सोधिएका नेताहरुको कारवाहीबारे कुनै निर्णय नहुने नेता सुवास नेम्वाङले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार