logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमालेका बरिस्ठ तीन नेता दुवै समुहकाे बैठकमा नजाने, काे कता सहभागी हुदैछन् हेर्नुस् [नामसहित]


  • राजनीति
  • बिहिबार, जेष्ठ २० २०७८

बिभाजनकाे डिलमा पुगेकाे सत्तारूढ दल नेकपा एमालेको दुवै समूहले आज बैठक डाकेको छ । एमाले स्थायी कमिटी बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको छ । माधवकुमार नेपाल समूहको बैठक पनि आजै डाकिएको छ । बैठक भर्चुअल हुनेछ ।

नेपाल समूहले डाकेको बैठकलाई अनाधिकृत भन्दै एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले सहभागी नहुन वक्तव्य जारी गरेका छन् । उनले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको भन्दै विधान र कानून विपरितको कृयाकलापमा सहभागी नहुन सुचित गरेको जनाएका छन् ।

एमालेको स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्दैछ । बैठकमा महासचिव इश्वर पोखरेलका अलावा स्थायी कमिटी सदस्यहरु विष्णु पौडेल, सुवास नेम्वाङलगायत सहभागी हुनेछन् ।

नेपाल समूहले डाकेको केन्द्रीय कमिटी बैठक माधव नेपालको अध्यक्षतामा बस्दैछ । बैठकमा झलनाथ खनाल, भीम रावललगायतका नेताहरु सहभागी हुनेछन् । सुरेन्द्र पाण्डे पनि सहभागी हुने बुझिएको छ । अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाललगायत हस्तीहरु सहभागी हुनेछन् । गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी हुने या नहुने टुंगो छैन ।

बामदेव गौतम तटस्थ भूमिकामा छन् । उनी कुनैपनि बैठकमा सहभागी नहुने बुझिएको छ ।

केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१.केपी ओली, अध्यक्ष

२. इश्वर पोखरेल, महासचिव

३. प्रदिप ज्ञवाली, सचिव

४. पृथ्वी सुब्बा गुरुङ, सचिव

५. विष्णु पौडेल, उपमहासचिव

स्थायी कमिटी सदस्य

६. शंकर पोखरेल

७. सत्यनारायण यादव

८. सुवास नेम्वाङ

९. विष्णु रिमाल

माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य

१. माधवकुमार नेपाल, वरिष्ठ नेता

२. झलनाथ खनाल, वरिष्ठ नेता

३. अष्टालक्ष्मी शाक्य, उपाध्यक्ष

४. भिम रावल, उपाध्यक्ष

५. युवराज ज्ञवाली, उपाध्यक्ष

६. घनश्याम भुषाल, उप महासचिव

७. भिम आचार्य, सचिव

स्थायी कमिटी सदस्य

८. सुरेन्द्र पाण्डे

९. मुकुन्द न्यौपाने

१०. रघुजि पन्त

११. बेदुराम भुषाल

१२. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य

तटस्थ

१. बामदेव गौतम, उपाध्यक्ष

२. गोकर्ण विष्ट, सचिव

३. योगेश भट्टराई, सचिव

(एमालेको नवौं महाधिवेशनबाट निर्वाचित र मनोनित पदाधिकारी)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार