राजनीति
पुर्व मन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ ले विप्लव नेतृत्वको नेकपाको राजनीतिक प्रस्ताव जनमतसंग्रहको बारेमा गरेको टिप्पणी प्रती बिप्लवले मुखतोड जवाफ दिएकाछ्न । पुनले जनमतसंग्रहको कुरा गर्ने भनेको यो व्यवस्था खारेजी पूर्व राजा ज्ञानेन्द्र शाहसँग घाँटी जोडिएको हुनसक्ने टिप्पणी भन्दै गरेका थिए ।
यही प्रसंगमा बुधबार हिमालय टेलिभिजनको यक्ष प्रश्नका कार्यक्रम प्रस्तोताले राजेन्द्र बानियाँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई जिज्ञासा राखेको थिए । सोही कुराको महासचिव विप्लवले मुखतोड जवाफ दिएकाछन ।
महासचिव विप्लवले भने, ‘यस्तो आरोप सुन्दा मलाई हाँसो मात्र लाग्छ । त्यस्तो विश्लेषणको के जवाफ दिने ? हामी समाजवादको कुरा गर्दैछौं । हामी महान साम्यवादको विषयमा छलफल गर्दैछौं । त्यसलाई कसरी सफल गर्न सकिएला भनी अध्ययन, अनुसन्धान र बहस गरिरहेका छौं । इतिहासको चिहान खोतलेर रुने मान्छेहरूसँग के भन्ने ?’
कार्यक्रम प्रस्तोता बानियाँले तपाईंले जनमत संग्रह भन्नु र पूर्व राजा ज्ञानेन्द्र शाह वा उनका प्रतिनिधिहरूले पनि हिन्दु राज्य, संघियता या गणतन्त्रका विषयमा जनमत संग्रह गरौं भन्दै गर्दा तपाईँहरूका माग र मुद्दा मिलेको देख्दा घाँटी जोडिएको हो कि भनी आशंका त गर्न सकिन्छ नि भनी प्रतिप्रश्न गरेका थिए ।
महासचिव विप्लवले जवाफमा भने, ‘त्यो कुनै सन्दर्भ नै छैन । हामीले जे कुरा प्रस्तुत गरिरहेका छौं । यो कुरा सबैले बुझिरहेको कुरा हो । यो कुरा नबुझ्ने मान्छे सायदै होला । यसलाई विषयान्तर गर्नुपर्ने र असान्दर्भिक रूपले सोच्नु पर्ने कुरा मनोआतंक, भयंकर ठूलो कुण्ठा, ग्लानी, छटपटाहटको अभिव्यक्ति हो ।
जनमत सङ्ग्रह विश्वभरी अपनाइएको एउटा लोकप्रिय विधि हो । यो उनीहरूले नबुझेकेको कुरा होइन । यो जनवादको उच्च अभ्यास हो । यो विषयलाई यसरी प्रस्तुत गर्ने कुरा कि त हदै अज्ञानता वा असक्षमता हो वा कि बेइमानी हो ।’ पुर्व मन्त्री समेत रहेका अनन्तको बोलेको बिषयलाइ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सटिक तर दार्शनिक हिसावले जवाफ फर्काएका छन ।