राजनीति
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी महासचिव ईश्वर पोखरेललाई सरकारको जिम्मेवारीबाट हटाउने भएको छ । उनलाई पार्टीको जिम्मा दिन लागिएको एक नेताले जानकारी दिए ।
“उहाँलाई उपप्रधानमन्त्रीबाट हटाइएको छ । उहाँको काम अब पार्टी हाँक्ने हो,” स्रोतले भन्यो ।
यस्तै जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको हो । जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।
जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ । तर महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे छिन् ।
नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ ।